विश्व रेकर्ड बनाएका कुशल मल्ल बलिङमा पनि जमे, अमेरिका धरापमा !

काठमाडौं – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपाल जिततर्फ अघि बढेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले खराब प्रर्दशन गरि रहेको छ ।

अमेरिका २३.१ ओभरमा ६९-७ को कमजोर अवस्थामा छ । नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो । कप्तान ज्ञानेन्द्र मल्लको निर्णयलाई सहि सावित गर्दै सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए । करणले अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए । चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबी डब्यू आउट गरे ।

सुशन भारीले ११ औं ओभरको पहिलो बलमै अक्षय होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट ५ रनमा क्याच गराउँदै नेपाललाई फराकिलो जिततर्फ लम्काए । सुशन भारीको १७ औं ओभरको चौथो बलमा करिमा गोर ठूलो सट खेल्नेम्रममा फ्रष्ट स्लिपमा रहेका पारसले एक हातले उत्कृष्ट क्याच लिदै १० रनमा पेभिलिएन फर्काएका छन् ।

यस्तै कसिलो गरिरहेका कुशल मल्लले पनि विकेट लिएपछि अमेरिका धरापमा परेको छ। डेब्यु खेलमै अर्धशतक बनाएका कुशलले बलिङमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्। मल्लले २१ ओभरको पहिलो बलमा हचिन्सनको विकेट लिए।

प्रकाशित : शनिबार, माघ २५, २०७६०९:५१

अमेरिकामाथि नेपालको जित, कुशलले डेब्युमै बनाए विश्व कीर्तिमान !