विष्णु पौडेलका छोरा र न्यायाधीश रेग्मीको जग्गा लुसुक्क सरकारका नाममा

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारको जग्गा सरकारको नाममा नामसारी गरिदिएका छन्।

बालुवाटार स्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा गराइएको प्रकरण अदालतमा पुगेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारको जग्गा लुसुक्क सरकारको नाममा नामसारी गरिदिएका छन्।

दुवैले आफ्ना-आफ्ना नाममा रहेको बालुवाटारको जग्गा शुक्रबारनै लुसुक्क सरकारको नाममा नामसारी गरिदिएको समाचार विभिन्न मिडियाहरुमा आएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटार जग्गा प्रकरणमा १ सय ७५ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सरकारलाई जग्गा फिर्ता गर्ने राजि भएसँगै विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी विरुद्ध मुद्दा दायर गरिएको थिएन।

मुद्दाको अदालती प्रक्रिया शुरु हुनु भन्दा अगाडी नै शुक्रबार दुवैले बालुवाटारको जग्गा लुसुक्क सरकारको नाममा नामसारी गरेको समाचारमा दावी गरिएको छ।

शुक्रबार मालपोत कार्यालय डिल्लीबजारमा सम्पूर्ण प्रक्रिया पुर्याएर नवीन र रेग्मीका नाममा कायम भएको जग्गा सरकारका नाममा नामसारी गरेको पाइएको बताइएको छ।

प्रकाशित : शनिबार, माघ २५, २०७६१२:०७

“सरकार कमजोर छैन, बहाना बनाएर ढिलाइ गरे ठेक्का सम्झौता रद्द हुन्छ”