मेग गर्जन सहित पानी पर्न सक्ने : मौसमविद्का अनुसार यस्तो रहनेछ तीन दिनको मौसम !

काठमाडौँ – शनिबार राति देशका पश्चिमी तथा पूर्व र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली सहित पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा पूर्व र मध्य पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेग गर्जन सहित पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ।

महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ।

मौसम विश्लेषण) Meteorological Analysis):-

हाल नेपालको पश्चिमी भू-भागमा कमजोर पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशका पश्चिमी भू-भाग तथा पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २५ गते (शनिबार)

रातीः देशका पश्चिमी तथा पूर्व र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली सहित पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा पूर्व र मध्य पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षा/मेग गर्जन हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २६ गते (आईतबार)
दिउँसोः देशका पूर्वी भू-भाग र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २७ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको/मेग गर्जनको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रकाशित : शनिबार, माघ २५, २०७६१५:४७

राप्ती नदीमा वनभोज गएका एक व्यक्ति डुबेर बेपत्ता