आफन्तले नै बन्धक बनाएर २४ दिनसम्म गरे करणी, २४ दिनपछि गरियो १७ वर्षीय किशोरीको उद्धार

भारतको महाराष्ट्रमा एक किशोरीलाई उनको ३२ वर्षीय नातेदारबाट उद्धार गरिएको छ, जसले त्यस किशोरीलाई २४ दिनसम्म बन्धक बनाएर कैयौँ पटक करणी गरेको थियो। चन्दनजिरा प्रहरी चौकीका इन्स्पेक्टर श्यामसुन्दर कौथलेले बताए अनुसार, १४ जनवरीदेखि १७ वर्षीय युवती  बेपत्ता भएकी थिइन्। अनुसन्धानको क्रममा प्रहरीले नजिक रहेको बुलढाणा जिल्लाको मेहकर तहसीलको एउटा गाउँमा किशोरीलाई राखिएको पत्ता लगाए।

प्रहरीका अनुसार, ‘त्यस ठाउँमा पुग्नु अघि नै आरोपी त्यस किशोरीलाई लिएर त्यहाँबाट भागि सकेका थिए। पक्राउ पर्ने डरले त्यस व्यक्तिले आफ्नो ठाउँ परिवर्तन गरेका थिए। हामीले आरोपीलाई ८ फेब्रुअरीमा औरंगाबादको बस स्टपमा प्रकाउ गर्यौ र त्यस किशोरीको पनि उद्दार गर्यौ।

किशोरीको बयान अनुसार, आरोपिले उनलाई एक कोठामा बन्द गरेर दिनहुँ करणी गरे र कहिँ जानु अघि पनि उनलाई कोठा भित्र बन्द गरेर जान्थे। बाकीं अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : आइतबार, माघ २६, २०७६०६:४२

विद्युत् विस्तार गर्न ११ हजार रूखभन्दा बढी कटान