आफ्नै बच्चालाई बालुवामा गाडेर रोमान्स, बाबु-आमा पक्राउ!

एजेन्सी, बाबु-आमालाई आफुले जन्माएको सन्तान यति प्यारो हुन्छ, जसलाई शब्दमा बयान गर्न सकिदैन । तर कोहि बाबु-आमा यस्ता हुन्छ जसले आफ्नो खुसीको लागि सन्तानमाथि क्रु’र व्यवहार गर्छन। हालै अर्जेन्टिनामा यस्तो घटना घटेको छ जुन सुन्दा पनि घृणा पैदा हुन्छ।

अर्जेन्टिनाको समुन्द्री  तटमा एक दम्पत्तिले रोमान्स गर्नका लागि आफ्नो २ वर्षे बच्चालाई बालुवामा गाडेको छ । उनीहरुले बालुवामा खाल्डो खनेर बच्चाको घाँटीसम्म पुरेर राखेको अवस्थामा देखेपछि प्रत्यक्षदर्शीहरुले पुलिसलाई जानकारी गराएका थिए । यस घटनामा उक्त  बच्चाका बाबुआमा पक्राउ परेका छन् । निकै चर्को गर्मीमा बच्चालाई गाडिएको ४५ मिनेट भईसक्दा पुलिस घटनास्थलमा पुगेका थिए।

पुलिसका अनुसार ति दम्पत्तिमध्ये बाबु अर्जेन्टिनी नागरिक र आमा चाहिँ चेक गणतन्त्रकी हुन् । पुलिसले तत्कालै बालकको उद्धार गरी चेकजाँचका क्रममा महिलाको झोलाबाट  नशालु औषधिहरु समेत फेला परेको बताइएको छ । उक्त दम्पतिको दुवैको उमेर २९ वर्ष रहेको  खुलेको छ।

प्रकाशित : आइतबार, माघ २६, २०७६१२:१५

कोरोना भाइरसको त्रास चलचित्रमा पनि: अब फिल्म र सीरियलमा ‘चुम्बन दृश्य’ प्रतिबन्ध