कतार, माल्दिभ्स पठाईदिन्छु भनेर पैसा लिएपछि ‘बेपत्ता’, लोकन्थलीबाट पक्राउ !

काठमाडौँ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारमा पठाईदिन्छु भनि ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले लोकन्थलीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्वु दुधकौशिका गाउँपालिका वडा नं.-०२ गैह्री स्थायी घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय बाल कृष्ण कार्की रहेका छन्।

कार्कीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलिले आइतबार दिउँसो लोकन्थलीबाट पक्राउ गरिएको हो। महाशाखाका अनुसार कार्की विरुद्ध वैदेशिक रोजगारी पठाईदिन्छु भन्दै रकम ठगी गरेर फरार भएको उजुरी परेको थियो।

कार्कीले वैदेशिक रोजगारको सिलसिलामा कतार , माल्दिभ्स लगायतका देशहरुमा पठाई दिन्छु भनि प्रलोभनमा पारी विश्‍वास दिलाई नगद रु.८,००,०००/-(अक्षरेपी आठ लाख मात्र ) समेत लिई हालसम्म विदेश नपठाई ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि दिलिप कुमार शर्मा लगायतले उजुरी दिएको महाशाखाले जनाएको छ।

पक्राउ परेका कार्कीलाई अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको छ।

“जिल्ला सोलुखुम्वु दुधकौशिका गा.पा. वडा नं.-०२ गैह्री स्थायी घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने राम बहादुर कार्कीको छोरा वर्ष ४० को बाल कृष्ण कार्कीले वैदेशिक रोजगारको सिलसिलामा कतार , माल्दिभ्स लगायतका देशहरुमा पठाई दिन्छु भनि प्रलोभनमा पारी विश्‍वास दिलाई नगद रु.८,००,०००/-(अक्षरेपी आठ लाख मात्र ) समेत लिई हालसम्म विदेश नपठाई ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि दिलिप कुमार शर्मा समेतले यस कार्यालयमा जाहेरी दिएको । यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७६।१०।२६ गते दिउँसो अन्दाजी १२:३० बजेको समयमा निज बाल कृष्ण कार्कीलाई जिल्ला भक्तपुर लोकन्थलीबाट फेला पारी पक्राउ गरी मिति २०७६।१०।२७ गते थप अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको छ”, महानगरीय अपराध महाशाखाले घटना विवरण सार्वजनिक गर्दै भनेको छ।

प्रकाशित : सोमबार, माघ २७, २०७६०६:२९

पूजा गर्दै गरेका नेकपा नेताको मृत्यु!