काठमाडौँ – सोमबार बिहान सानेपामा एकव्यक्ति मृत फेला परेका छन्। सानेपास्थित पूर्वसचिव अर्जुन कुमार कार्कीको घरमा काम गर्ने कामदार मृत फेला परेका हुन्।
घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको श-व फेला परेको प्रहरीले जनाएको छ। यस्तै कार्कीकी श्रीमती मुना कार्की अचेत अवस्थामा भान्सा कोठामा फेला परेकी थिइन् ।
प्रहरीका अनुसार कार्की घरको भान्सा कोठामा रगतले लतपतिएको अवस्थामा फेला परेकी थिइन्। यता चौधरीको शरीरमा भने कुनै चोटपटक नदेखिएको र श-व फेला परेकै ठाउँ नजिकै डोरी पनि झुण्डिएको पाइएको छ।
पूर्वसचिव अर्जुन कुमार कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको समयमा घटना घटेको बताइएको छ। पशुपतिनाथ मन्दिरबाट फर्किएका कार्कीलेनै श-व फेला पारेका हुन्।
कार्कीका एक छोरा र दुई छोरी रहेका छन्। तीनै सन्तान विद्यालय गएको र घरमा रहेका अर्का कामदार कार्कीका छोरीलाई विद्यालय पुर्याउन गएका बेला घटना भएको बताइएको छ।