एजेन्सी, हालै सामाजिक संजालमा यस्तो घटना बाहिरिएको छ, जुन सुनेर जो-कोहि पनि अचम्ममा पर्नेछन् । भारतको आगरामा श्रीमान र श्रीमतीको झ’गडा हुनुको कारण सुन्दा जो-कोहि पनि अचम्ममा परेका छन् ।
शाहगंजको एक डाक्टरको डीएनए उनको पाँच वर्षको छोरासँग नमिलेपछि उनले आफ्नी श्रीमतीलाई डिभोर्स दिन अदालतमा पत्र दिएका छन् । श्रीमती एक बैंकमा कार्यरत छिन् । तर श्रीमतीले आफ्नो श्रीमानको रिपोर्ट गलत रहेको भन्दै एसएसपीलाई गुनासो गरेपछि यो मामिला परामर्श केन्द्रमा पठाइयो।
दुबैलाई यहा सुनुवाइ गरिएको थियो तर मुद्दा अदालतमा पेश गरिसकेको हुनाले दुबैलाई त्यहाँ पठाइएको थियो। ६ वर्ष पहिले बिहे गरेका यी दम्पति अहिले छुट्टा छुट्टै बस्दै आइरहेका छन् ।
परिवार परामर्श केन्द्रको काउन्सिलर डाक्टरले बताए अनुसार यो केस त्यहाँ केहि समय पहिले आएको थियो । डाक्टर र श्रीमतीबीच निकै झ’गडा भयो । डाक्टर खुलेर यो भन्न सकिरहेका छैनन् कि उनको श्रीमतीको सम्बन्ध अरु मान्छेसँग पनि छ ।