भोलि माघ २८ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाई पुरै दिन शारीरिक र मानसिक थकान महसूस गर्नुहुनेछ । परिश्रमको  अपेक्षा कम सफलता प्राप्ति हुनाले निराश  भावना पैदा हुनेछ । सत्ताको सम्बन्धमा थोरै चिन्तित रहनुहुनेछ । यात्रा नगर्नुहोला । तपाईको निर्धारित व्यवहारले अरुलाई हानि नहोस यस कुराको ध्यान राख्नुहोला ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

 हरेक कार्य दृढ, आत्मविश्वास र मनोबलबाट पूरा हुनेछ  र सफलता पनि मिल्नेछ। बुबाको तर्पिफबाट लाभ मिल्नेछ। विद्यार्थीगण पढाईमा प्रदर्शन गर्नेछन् । सन्तानको अध्ययन वा अन्य मामलामा खर्च हुनेछ । कलाकार तथा खेलाडीलाई आफ्नो प्रतिभा देखाउनको लागि उत्तम समय रहेको छ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

नयाँ योजना सुरु गर्नको लागि अनुकुल दिन रहेको छ । व्यवसाय गर्नेले सरकारको तर्फबात लाभ पाउनेछन्  । शारीरिक तथा मानसिक स्वास्थ्य  राम्रो रहनेछ । लामो यात्रा हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)

शारीरिक र मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ । परिणामस्वरूप मनमा  नकारात्मक विचार पैदा हुनेछ । पारिवारिक वातावरण नराम्रो होला । विद्यार्थीले पढाईमा ध्यान दिन सक्दैनन्  । धन खर्चको मात्रा बढ्नेछ । अनैतिक प्रवृत्ति तर्फ दौडिनुहुनेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

भरपूर आत्मविश्वास र दृढ निर्णय शक्तिको कारण तपाई निर्णयलाई पूरा गर्नुहुनेछ। समाजमा मान- प्रतिष्ठा बढ्नेछ । पिता तथा अभिभावकको  सहयोग प्राप्त हुनेछ । मन आनन्दित रहनेछ । वैवाहिक जीवनमा  संवादित बनिरहनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

शारीरिक अस्वस्थताका साथसाथै मानसिक चिन्ता वृद्दि हुनेछ ।  पारिवारिक सदस्यकासँग  मनमुटाव हुनेछ । आकस्मिक धन खर्च हुनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

विविध क्षेत्रमा  लाभ मिल्नाले शारीरिक र मानसिक रूपबाट  स्वस्थ र प्रफुल्लित रहनुहुनेछ । मित्रसँग भेट रमणीय हुनेछ । गृहस्थ जीवनमा  सुख- शान्ति अनुभव गर्नुहुनेछ। स्त्री मित्रसँग मिलन हुनेछ । आय  वृद्धि हुनेछ । उत्तम वैवाहिक सुख  प्राप्ति  हुनेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

हरेक कार्य निर्विघ्न रूपमा  पूरा हुनेछ । गृहस्थजीवनमा आनन्द छाईरहनेछ । मान प्रतिष्ठा वृद्धि हुनेछ । पेसा – व्यवसायमा  प्रगति हुनेछ ।  धन लाभ हुनेछ । सन्तानको प्रगतिमा खुशी रहनुहुनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

शरीरमा  थकान र बेचैनी अनुभव हुनेछ । स्वास्थ्य राम्रै रहनेछ । मन चिन्ताले व्याकुक्ल रहनेछ । सन्तानको विषयमा चिन्ता उत्पन्न हुनेछ । भाग्यले साथ नदिएको प्रतित हुनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

खान-पानमा ध्यान नदिदा स्वास्थ्य खराब हुनेछ । नकारात्मक विचार र क्रोधलाई टाढा राख्नुहोला । साथीसँग मतभेद हुनेछ । पेसा- धन्दाको क्षेत्रमा प्रतिकुल वातावरण रहनेछ । नयाँ सम्बन्ध स्थापित गर्ने समयमा सावधान रहनुहोला  ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

भरपूर आत्मविश्वास र  दृढ मनोबलको  प्रणय र रोमान्सले तपाईको दिन रंगिन बनाउनेछ । विपरीत लिंगीय व्यक्तिसँग  परिचय र मित्रता हुनेछ । आनन्ददायक यात्रा र सुरुचिपूर्ण भोजन ,नयाँ वस्त्रले तपाईलाई आनन्द हुनेछ । सार्वजनिक मान- सम्मान वृद्धि हुनेछ  ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

घरमा  सुख-शान्ति  र आनन्द वातावरण बनिरहनेछ  । दैनिक कार्य आत्मविश्वासपूर्वक पुरा गर्नुहुनेछ । यधपी  स्वाभाविक उग्रता र बोलिको  आक्रामकतामा ध्यान राख्नुहोला  । स्वास्थ्य राम्रो रहनेछ ।
प्रकाशित : सोमबार, माघ २७, २०७६१३:३७

आज माघ २८ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल!