निर्मला पन्तको ह’त्यामा दिलीप विष्ट नै देखिए दोषी!

काठमाडौँ, माघ २७ । भीमदत्त नगरपालिका–२ कञ्चनपुर स्थित खोल्टीकी बालिका निर्मला पन्तको ब’ला’त्कारपछि हत्या भएको करिब डेढ वर्ष बितिसकेको छ । उनको ह’त्यारा अझैसम्म पनि सार्वजनिक रुपमा पता लगाउन सकिएको छैन । तर उनको ह’ त्यामा दिलीप विष्टको संलग्नता  रहेको धेरैमा आशंका थियो । हाल यस घटनामा विष्ट नै दोषी देखिएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला प्रकरणमा डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको अघिल्लो प्रतिवेदन खारेज गरेको छ । एआईजी धिरु बस्न्यात नेतृत्व समितिले बुझाएको प्रतिवेदन खारेज गरेको हो  ।

यस घटनाको मुख्य अभियुक्त दिलीपसिंह विष्ट नै रहेकोले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको थियो  ।

बालिका पन्तको शव २०७५ साउन ११ गते  भीमदत्त नगरपालिकाको निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो । यस घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले विष्टलाई गत भदौ ३ गते पक्राउ गरेको  थिए  । र प्रहरीको  अनुसन्धानमा  विष्ट नै दोषी भएको निष्कर्ष निकालेको थियो ।  तर, स्थानीय भीड र विभिन्न संघसंस्थाका प्रतिवेदनले विष्ट निर्दोष रहेको दाबी गर्दै उनलाई फसाउन खोजेको आरोप लगाएका थिए ।

प्रकाशित : सोमबार, माघ २७, २०७६०९:३६

चीनका नेपाली लिन अबको एक/दुई दिनभित्रै वाइड बडी जहाज पठाइने !