गैंडा र बाख्राको मित्रताको भिडियो सोशल मिडियामा भयो भाइरल, मानिसहरूले गरे प्रशंसा

जब मानिसहरु दुखी हुन्छन्, उनीहरु आफ्नो वरिपरि खुशी खोज्ने गर्छन्। यसै क्रममा, अहिले सामाजिक संजालमा एउटा भिडियो निकै नै भाइरल भइरहेको छ। यो भिडियो गैंडा र बाख्राको हो।

यस भिडियोमा, दुबै खेलिरहेको देखिएको छ। यो भिडियो व्यक्तिहरुको अनुहारमा खुशी ल्याउनका लागि निकै उपयोगि रहेको छ।

‘आईएफएस’ अधिकारी सुसान्त नन्दले यो भिडियो आफ्नो ट्विटरमा साझा गरेका छन्। यस भिडियोमा गैंडाले बाख्रासँग कसरी खेल्दै छ भनेर हेर्न सकिन्छ। यस भिडियो साझेदारी गर्दा, उनले लेखेका छन्, ‘यस प्रकारको मित्रता वनमा मात्रै देखिन्छ। उनीहरुले खेलेको हेर्दा, कुनै प्यारा कथा जस्तो लाग्छ। कहिलेकाँही टुहुरो गैंडाले बाख्रालाई सँगै खेल्ने अवसर दिन्छ र उसको तनाव कम गर्दछ’।

उनको यस भिडियोमा कैयौले आफ्नो-आफ्नो प्रतिक्रिया पनि दिएका छन्।

प्रकाशित : सोमबार, माघ २७, २०७६११:२६

ऐतिहासिक सिन्धुलीगढीमा बन्दैछ पहिलो युद्ध सङ्ग्रहालय