मंगलबार जन्मेका व्यक्तिहरु कति भाग्यमानी ? हेर्नुहोस् भविष्य र आचरण !

काठमाडौँ, मानिसको जन्ममा बारले पनि निकै प्रभाव पारेको हुन्छ । त्यस्तै आज हामी तपाईहरुलाई मंगलबार जन्मेको व्यक्तिको भविष्यको आचरणको बारेमा केही बताउन गइरहेका छौँ ।

ज्योतिष शास्त्रले बताएअनुसार सौर्यमण्डलमा रहेका ताराहरु र ग्रहका ताराहरुको आपसी सम्बन्धबाट प्राप्त हुने किरण वा तरंगहरुलाई सूक्ष्म गणितीय सूत्रबाट अध्यायन गरेर पृथ्वीमा विद्यमान पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्धितिय विज्ञान हो ।

मानिस जन्मेको समय र वातावरणले भविष्य निर्धारण गर्ने गर्छ । कुन व्यक्ति कुन बार कुन समयमा जन्मेका हो भन्ने बारे उक्त समय र साइतले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । मंगलबार जन्मेका व्यक्ति निकै बहादुर र सिर्जनशिल हुने गर्छन् । उनीहरु अरुलाई सहयोग गर्न सधै तयार हुन्छन् भने परोपकारी भावना भएका हुन्छन् ।

गलत कुराहरु सहन नसक्ने भएको कारण मंगलबार जन्मने व्यक्तिहरु गलत कुरा सहन सक्दैनन् । उनीहरु विलासितामा रमाउने गर्छन् । निकै रिसिब हुन्छन् । इमान्दार र मेहनती हुने भएको कारण आफै काम गरेर रमाउने गर्छन् । मंगलबार जन्मने व्यक्ति भगवानमाथि ठूलो भरोसा राख्ने गर्छन् । उनीहश्र खर्चिलो स्वाभावको हुन्छन् ।

आफ्नो निर्णय आफै लिने भएकाले जीवन साथी राम्रो पर्छन् र पारिवारिक जीवन सुखी हुन्छ । सामान्य कुराले मन भरिने यो मंगलबार जन्मने व्यक्तिको नराम्रो पक्ष हो । मंगलबार जन्मने व्यक्तिको कमलो मन भएको हुने भएकाले उनीहरु खुल्ला र हाक्की स्वाभावको हुने गर्छन् । त्यसैले यस्तो स्वाभाव भएका व्यक्तिलाई अरुले नकारात्मक रुपमा हेर्ने गर्छन् ।

प्रकाशित : सोमबार, माघ २७, २०७६१२:१६

ग्रहचक्रमा मंगलको परिवर्तन: मार्च २२ सम्म यी ५ राशिलाई लाभै-लाभ, मिल्नेछ नसोचेको सफलता !