उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग प्रायः आफ्नो कामहरुका कारण निकै चर्चामा रहने गर्छन्। आजकाल उनी फेरी चर्चाको बिषय बनेको छन्। वास्तवमा, किम आफ्नी बहिनीको लागि दुलहा खोज्दैछन्। तर किमकी बाहिनीको दुलहा बन्न त्यति सजिलो भने छैन। उनले आफ्नी बाहिनीको दुलहा बन्नका लागि कैयौं सर्तहरु राखेका छन्।
उनको पहिलो सर्तका अनुसार ‘केटाको पहिले कसैसँग पनि सम्बन्ध नभएको हुनुपर्छ’। किमले घोषणा गरेका छन् कि, हुनेवाला दुलहालाई दाइजोमा चम्किलो सुनको कार दिइनेछ।
अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार, उत्तर कोरियाका राष्ट्रपति ‘किम जोंग’ले उनकी बहिनी ‘किम यो जोंग’को विवाह गर्ने निर्णय गरेका छन्। किमका अनुसार दुलहा उनीहरुका सर्त अनुरुप हुनुपर्दछ।
सर्तहरु
- केटाको उचाई ५ फिट १० इन्च भन्दा बढि हुनु हुँदैन।
- केटाको पहिला देखिनै कुनै केटीसँग, कुनै प्रकारको प्रेम सम्बन्ध नभए हुनुपर्छ।
- केटाको वजन लगभग ७५ किलोग्रामको हुनुपर्छ।
- हुनेवाला दुलहाको ‘सिक्स प्याक एब्स’ पनि हुनु पर्दछ।
किम जोंगले सुनको कारसहित दुलहालाई एक करोड रूपैयाँ पनि दिनेछ। उत्तर कोरियाका शीर्ष अधिकारीहरुले किमकी बहिनीका लागि सम्बन्ध खोज्न सुरु गरिसकेका छन्। उनको अनुसार, राष्ट्रपतिकी बहिनीका लागि दुलहा पनि टक्करको हुनुपर्दछ।