घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, माघ २८।  आज मंगलबार सुनको मुल्य तोलामा १ सय रुपैयाले घटेको छ । महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७५  हजार ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैया तोकेको छ ।

सोमबार छापावाला  सुनको मूल्य प्रतितोला ७६ हजार रुपैया  र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयामा खरिद बिक्री भइरहेको थियो।

त्यसै गरि, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ८० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६०५:५२

आज फेरी सुनचाँदीको मुल्य!