‘म को हो चिन्दैनस…’ भन्दै एनआरएनका उपाध्यक्षले कुटे पत्रकार!

काठमाडौँ, माघ २८ । पोर्चुगलमा क्रियाशील पत्रकार एनआरएनका वरिष्ठ उपाध्यक्षबाट कुटिएका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका  उपाध्यक्ष भीमसेन थापाले पत्रकार सविन घिताल माथि  आइतबार कुटपिट साँझ गरेका हुन् ।

प्रत्यक्षदर्शीको अनुसार थापाले पत्रकार घिताललाई ‘म को हो चिन्दैनस’ भन्दै फिल्ममा देखाइने दृश्यमा जस्तो उडेर, घुमेर लात्ती प्रहार गरेका थिए । यस  घटनालाई नजिकैबाट नियालेका एक व्यक्तीले भनेका छन्, ‘थापाले पाखुरी सुर्काउँदै पत्रकार कुट्न थाले, हामी त हेरेको हेर्‍यै भयौं ।’ साथै थापाले धिताललाई समाचार लेखे दुवै हात का’टिदिने ध’म्की समेत दिएको  प्रत्यक्षदर्शीले जनाएका छन् ।

एनआरएनकै नेताले पत्रकार कुट्न लागेपछि विदेशमा रहेका  सामान्य कामदारहरुले चिन्ता प्रकट गरेका छन्।  एक कन्सर्टको रिपोर्टिङ गर्न पुगेका पत्रकार घिताललाई थापाले कुटपिट गरेका थिए । धिताल पोर्चुगलमा रहेका पत्रकारको संस्था नेप्लिज जर्नालिस्ट क्लब र ‘भ्वाइस अफ नेपाल टीभी’ मा आवद्ध रहेका छन् ।

पीडित धितालले प्रहरीसमक्ष उजुरी दिईसकेका छन् ।  स्थानीय प्रहरीले थापालाई मंगलबार  साँझ नियन्त्रणमा लिने तयारी गरेको जनाइएको छ ।

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६११:४४

सिन्धुपाल्चोकमा कोरोना भित्रिएको आशंका, सय जना भन्दा बढीमा लक्षण देखियो !