काठमाडौँको यस स्थानबाट विवाह गर्दै आँचल शर्मा, तोकियो विवाह मिति!

काठमाडौँ, माघ २९ । केहि महिना अगाडी मात्रै अभिनेत्री आचल शर्माको नाम डाक्टर उदिप श्रेष्ठसंग जोडिएर समाचार आएको थियो । अभिनेत्री आचलले  उदिप श्रेष्ठसंगको प्रेमबारे खुलेर बोलेकी पनि थिइनन् । तर अहिले आचल र उदिपको प्रेम खुल्ला किताब जस्तै बनेको छ । साथै यी दुई आगामी  फागुन २९ गते विवाह बन्धनमा बाधिने भएका छन्  । आचलले प्रेमी उदिपसँग बिहे गर्ने फाइनल भएको बताएकी छिन् ।

 विवाहका लागि आँचलको परिवारले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, आँचल र उदिपले फागुन ३० गते पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको विश्वसनिय स्रोतले जनाएको छ । आंचलले अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा साइन गरेकी छैनन् । तर विवाहपछि पनि फिल्म र म्यूजिक भिडियोमा सक्रिय रहने बताउँदै आएकी छन् ।

अभिनेता पल शाहसंगै चलचित्र करियर सुरु गरेर दर्शकको नजरमा पर्न सफल आचल र पललाई प्रेम जोडीको रुपमा नै चिनिने गरिन्थ्यो । तर अहिले आचलले पल शाह राम्रो साथी मात्रै रहेको र सधै रहिरहने बताएकी छिन् । पछिल्लो समय सामाजिक संजाल इन्स्टाग्राममा उदिप र आचलको एकसाथ खिचिएको तस्विर निकै शेयर हुने गर्छ।

दुवै जनाले आफ्नो इन्स्टाग्राम मार्फत फोटो शेयर गर्दै एक-अर्कालाई प्रेम दर्शाउछन् । इन्स्टाग्राम स्टोरीअनुसार आचल र उदिपको पहिलो भेट २०१८ अक्टुबर ३१ मा भएको थियो । यी दुइले आफ्नो प्रेमको पहिलो बर्षगांठ समेत मनाएका थिए  ।

प्रकाशित : बुधबार, माघ २९, २०७६०६:४९

कोरोना भाइरसको डरले एक भारतीयले लियो आफ्नो ज्यान, अरुलाई पनि सर्ने डरका कारण गरेको खुलासा