खुल्यो रश्मि-सिद्धार्थको सम्बन्धको राज!

पछिल्लो समय ‘बिग बोस १३’ मा  सिद्धार्थ शुक्ला  र रश्मि देसाई बीच निकै झगडा  भएको देख्न  सक्छौ । तर झगडाबीच दुवै रमाइलो गरिरहेको पनि देखिन्छ । दुवैको झगडा यतिसम्म भयो कि यी दुईले एकअर्कामाथि  आरोप लगाएका छन् । र  सिद्धार्थले रश्मिसँग सम्बन्धित सबै कुरा खुलासा गरेका छन्  ।

घरमा आएको एक एंकरले  सिद्धार्थबाट उनको र  रश्मिको नाताको बारेमा प्रश्न गरेका थिए  । यस प्रश्नको जवाफ धेरै फ्यानले पर्खिरहेका छन्  । सिद्धार्थले तुरुन्त जवाफ दिदै भनेका छन्, ‘म  रश्मिलाई पहिला धेरै मन पराउथे । तर एक पटक सेटमा उसले यस्तो खराब काम गरिन जसबाट सबै कुरा बिग्रियो  । एकपटक उसले शोको क्रममा  दिएको इन्टरभिउमा भनेकी थिइन् कि मलाई यी चिजबाट धेरै समस्या हुन्छ ।

खास कुरा यो हो कि  सिद्धार्थभन्दा पहिला  रश्मिसंग पनि उनको  र सिद्धार्थको सम्बन्धको बारेमा सोधिएको थियो  । रश्मिलाई  एंकरले प्रश्न सोधेका थिए, ‘सिद्धार्थसँग तपाईको धेरै पुरानो नाता छ ?’ एंकरको प्रश्नमा  रश्मि भन्छिन् ,”निकै  पुरानो, मन देखि मनसम्म। त्यसपछि  एंकर भन्छिन्, ‘घरमा आउनुभन्दा पहिला यस्तो के कुरा थियो जुन तपाई स्पष्ट  गर्न चाहनुहुन्छ ?’ जवाफमा  रश्मिले  भनिन्, ‘आरतीले मलाई फोन गरे र उनी मलाई भेट्न चाहन्थिन् । म जब त्यहाँ पुगे तब  सिद्धार्थ पनि अचानक आएका थिए । सिद्धार्थले मलाई माफी मागे । उसले भने कि सबै कुरा गरेर कुरा सकाउन चाहन्थे । रश्मिले भनिन् ,” भेट्नुभन्दा पहिला  मेरो र  सिद्धार्थको फोनमा नराम्रो कुरा भएको थियो । यहाँसम्म कि मैले उनलाई ब्लक गरेकी थिए ।

सिद्धार्थ र रश्मिले दिएको बयान अनुसार  यो कुरा साँचो हो कि यी दुई राम्रो साथी थियो । शोमा दुवैको भईरहेको झगडाबाट बाहिर घमाशन मच्चिएको छ  । केहि दिन पहिले   ‘दिलसे दिल तक’ मा  सिद्धार्थको आमाको रोल निभाउने  वैष्णवीले यी दुईको नाताको बारेमा बयान दिएकी थिइन् ।

प्रकाशित : बिहिबार, फागुन ०१, २०७६१३:२२

“माओवादी यु-द्ध जनयु-द्ध थिएन, जनयु-द्धका सबै भारी बोक्न पार्टी एकीकरण गरिएको होइन”