हङकहङबाट काठमाडौं आउन उडे, विमान भित्रै मस्तिष्क घात हुँदा गयो ज्यान !

काठमाडौँ – नेपाल तर्फ आउँदै गरेको नेपाल वायुसेवाको जहाजमा अचानक बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा निधन भएको छ।

हङकहङबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवाको जहाज भित्र आकाशमै अचानक बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा निधन भएको हो।

निधन हुनेमा खोटाङका डिकप्रसाद राई रहेका छन्। राईको हङकङको प्रिन्स मार्गरेट अस्पतालको सघन कक्षमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो।

सांकेतिक तस्विर

४९ वर्षीय राई मंगलबार नेपाल वायुसेवाको आरए ४१० विमानमा काठमाडौं उड्ने क्रममा मस्तिष्काघात भएर बेहोस भएका थिए। विमान हङकङबाट उडेको करिब डेढ घण्टा पछि बेहोस भएका राईलाई विमान फर्काएर हङकङनै पुर्याइएको थियो।

उनको शुक्रबार राति ८ बजे निधन भएको किरात राई यायोख्खा हङकङले जनाएको छ।विमान भित्रै मस्तिष्क घात भई बेहोस भएका उनको ८० प्रतिशत मस्तिष्क नष्ट भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। मस्तिष्कमा रगत जमेका कारण उनको ज्यान बच्न नसकेको बताइएको छ।

सांकेतिक तस्विर

राई लामो समय देखि हङकहङमै रहँदै आएका छन्। उनका परिवारजन नेपालमै रहेता पनि उनकोए दाहसंस्कार हङकहङमै गरिने भएको छ। यलुङ्छा परिवारका डिकप्रसादको यलुङ्छा परिवारले नै उनको अन्त्येष्टि गर्नेछ।

प्रकाशित : शनिबार, फागुन ०३, २०७६०७:५२

“भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन, जोसुकै भएपनि छाडिन्न”