“निर्मला पन्त प्रकरणमा अपराधी जोगाउन भएका हथकण्डा असफल, अब दोषी कठघरामा”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त प्रकरणका दोषीले कुनै पनि हालतमा उम्किन नसक्ने बताएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्त प्रकरणका दोषी अब उम्किन संभव नभएको बताएका हुन्।

निर्मला पन्त प्रकरणलाई जतिसुकै गिजोल्न र अपराधी जोगाउन अनेक हथकण्डा अपनाइएपनि अब त्यो सबै असफल हुने उनले दावी गरे। दोषीलाई छिट्टै कानूनी कठघरामा उभ्याइने उनले दावी गरे।

“निर्मला ह-त्याका-ण्डलाई जतिसुकै गिजोल्न र अपराधी जोगाउन अनेकन् हथकण्डा प्रयोग भए पनि अन्ततः दोषी उम्किन अब संभव छैन र पक्राउ परी ह-त्याराले कानूनी कठघरामा उभिनै पर्नेछ ।”,उनले भने।

यस्तै ओलीले सरकारका दुई वर्षको अवधिमा देशको शान्तिसुरक्षाको स्थिति सामान्य र सन्तोषजनक भएको पनि जिकिर गरे। देशमा हामी सुरक्षित छौं भन्ने अनुभूति गर्नसक्ने सुरक्षित र ढुक्कको परिवेश बनाउन सरकार सफल भएको उनको जिकिर छ।

“यस अवधिमा देशको शान्तिसुरक्षाको स्थिति सामान्य र सन्तोषजनक रहेको छ । सरकार छ र हामी सुरक्षित छौं भन्ने अनुभूति गर्नसक्ने सुरक्षित र ढुक्कको परिवेश बनाउन सरकार सफल भएको छ । अपराधीहरु कानूनको कठघरामा उभिन र कानूनबमोजिम सजाय भोग्न बाध्य छन् । राष्ट्रिय सुरक्षाको समग्र पक्ष समस्यारहित रहेको छ ।”,ओलीले भने।

प्रकाशित : शनिबार, फागुन ०३, २०७६१२:२५

पढाइ खर्च धान्न गिट्टी कुट्नुपर्ने बाध्यता