सांसद नविना लामाले छुटाएका ‘गुण्डा नाइके’ दावाका सहयोगी सत्यमान फेरी पक्राउ

काठमाडौँ – मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन्। नेपाल प्रहरीले लामालाई होटल सांग्रिला अगाडिबाट पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेपछि लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लामा अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा छन्।

सत्यमान लामा मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाको सहयोगीको रुपमा चिनिन्छन्। यस भन्दा अगाडी पनि लामा विभिन्न अभियोगमा पक्राउ गरिसकेका थिए।

०७५ असार २८ मा किसानको माला लुटेको आरोपमा उनी समातिएका बेला उनलाई नेकपा तर्फबाट सांसद् रहेकी नवीना लामाले छुटाएकी थिइन् । लामा धेरै समय देखि गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको भनाई छ।

गत असार १७ गते पनि लामा ठगी आरोपमा पक्राउ परेका थिए । उनी हाल बालुवाटार बस्दै आइरहेका छन्। काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भएका उनलाई प्रहरीले ‘क’ वर्गका गुण्डाको सूचीमा राख्ने गरेको छ।

विभिन्न अपराधिक कार्यमा संलग्न रहेका दावा लामा लामो समय देखि फरार छन्। लामालाई प्रहरीले अपराधिक गतिबिधिका पटके गुण्डाको रुपमा लिने गरेको छ। उनै दावा लामाका अपराधिक कार्यहरुमा सत्यमानको पनि नाम जोडिने गरेको छ।

प्रकाशित : मङ्गलबार, फागुन ०६, २०७६०६:०१

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने !