मेस्सीका छोराको रोजाईमा रोनाल्डो: यी अन्य खेलाडी पनि धेरै मनपर्छन् थिएगोलाई !

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार लियोन मेस्सीले आफ्ना छोरा थिएगोले केहि खेलाडीको बारेमा चर्चा गर्ने गरेको र त्यसमध्ये युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो पनि रहेको बताएका छन् ।

पछिल्लो एक दशक मेस्सी र रोनाल्डोबीच विश्व फुटबलमा निकै प्रतिस्पर्धा रहँदै आएको छ । यस क्रममा अर्जेन्टिनाका मेस्सीले ६ पटक बालोन डी ओर जित्दा पोर्चुगलका रोनाल्डोले पनि ५ पटक आफ्नो नाममा लेखाइसकेका छन् । लामो समय उनीहरुबीच स्पेनिस ला लिगामा पनि निकै प्रतिस्पर्धा भयो । गतवर्ष भने रोनाल्डो इटाली लागेका थिए ।

मेस्सीले आफ्नो पछिल्लो अन्तवार्तामा छोराले बार्सिलोनका अन्य स्टार लुइस स्वारेज, एन्टोनी ग्रिजमान तथा बार्सिलोना बासिहरका केलियन एमबाप्पेले, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्ने गरेको बताए ।

‘हाम्रो सम्बन्ध राम्रो भएका स्वारेज, ग्रिजमनका बारेमा कुरा गर्छन । अर्टुरो भिडालको कपाल देखेपछि पनि उसले कुरा गरेको थियो’ , उनले भनेका छन्, ‘उनले एमबाप्पे, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्छन् ।’

खेलाडीका बारेमा नयाँ कुरा सोध्न पनि थिएगोलाई चासो रहेको मेस्सीले बताएका छन् । ‘उसलाई उनीहरुका बारेमा धेरै थाहा छ,’ मेस्सीले भने,‘ उनी अझ उनीहरुका बारेमा जान्न चाहन्छन् ।’ थिएगो पनि बार्सिलोनाको एकेडेमीमा खेल्दै आएका छन् । भर्खरै उनले गरेको गोलले समाजिक सञ्जालमा चर्चा पाएको थियो ।

प्रकाशित : मङ्गलबार, फागुन १३, २०७६०२:४१

हङकङले नेपाललाई दियो बलियो लक्ष्य !