आज मेध गर्जन् र चट्याङ सहित पानी पर्ने, यस्तो रहनेछ तीन दिनको मौसम !

काठमाडौँ – आज मंगलबार देशका केहि स्थानमा मेध गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पुर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव छ। यहि कारण ज मंगलबार देशका केहि स्थानमा मेध गर्जन् / चट्याङ सहित पानी पर्न सक्छ भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूरनुमान निम्न छ।

मौसम विश्लेषणMeteorological Analysis):-

हाल देशमा पुर्वी तथा पश्चिमी भू-भाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ साथै थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भईरहेको छ बांकि स्थानमा अाशिक देखि सामान्य बदलीको अवस्था रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ |

प्रकाशित : मङ्गलबार, फागुन १३, २०७६०२:४५

साँझ एकाएक पर्यो असिना, गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप !