आर्सनल प्रशिक्षक अर्टेटालाई कोरोना संक्रमण !

एजेन्सी – लन्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको छ । चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको हो ।

अर्टेटामा देखिएको लक्षणसँगै इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) को आकस्मिक बैठकले शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको जानकारी गराएको छ ।

अर्टेटाको सम्पर्कमा रहेको स्टाफ र खेलाडीहरुलाई पनि परिक्षण गरिदैछ । पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले समेत क्लबहरुको आकस्मिक बैठक बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय लिनेछ ।

‘यो निकै निराशाजनक क्षण हो । निकै गलेको महसुस भएपछि मैले परिक्षण गरेको थिए । जति सक्दो चाँडो काममा फर्कनेछु ।’ ३७ बर्षे अर्टेटाले भने । अर्टेटाको परिक्षण पुष्टि भएसंगै ब्राईटन एक बिज्ञप्ती जारी गर्दै खेल नहुने बताएको थियो ।

हाम्रो मानिसका स्वास्थ र सर्वसाधारणको स्वास्थ्य प्राथमिकतामा छ । हामी यसैमा केन्द्रित छौ ।’ आर्सनलका प्रबन्ध निर्देशक विनय वेन्कटेशमले भनेका छन् । कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यानचेष्टर सिटीबीचको खेल स्थगित भएको थियो । बिहिबार मात्र लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भएको पुष्टि भएको छ । कोरोनाको कारण इंग्ल्यान्डमा १० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०२:४२

रोनाल्डिन्होको सहयोगमा उत्रिए मेस्सी, जेलबाट छुटाउन ४ मिलियन युरो खर्च गर्दै !