काठमाडौं । प्रतिबन्धित विप्लव समूहले एक १४ वर्षीया बालिकालाई लडाकु बनाउन अ-पहरण गरेको खुलेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ बाट अ-पहरणमा परेकी किशोरीको उदयपुरबाट उद्धार गरिएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
१४ वर्षीया गरिमा मोक्तानको उद्दारका लागि खटिएका प्रदेश २ का प्रहरीले उक्त समूहको आश्रयस्थल नियन्त्रणमा लिएको हो । लडाकु बनाउन अ-पहरण गरिएकी मोक्तानको उद्दारका लागि खटिएका प्रदेश–२ का प्रहरीले प्रतिबन्धित चन्द समूहको आश्रयस्थलमा पुगेको थियो । सिन्धुलीको दुधौली–३ की मोक्तानलाई चन्द समूहका लडाकुहरूले बुधबार गौरीखोलाबाट अ-पहरण गरेको थियो । मोक्तानको गाइगोठ गौरीखोलामा छ ।
गौरीखोला गोठ र दुधौलीस्थित मोक्तानको घरको दूरी २ किलोमिटर छ । बुधबार बिहान गोठमा पुगेका चन्द समूहका लडाकुहरूले गाइगोठमै भात खाएर मोक्तानलाई लडाकू बनाउन सँगै लिएर गएका थिए । मोक्तानलाई चन्द समूहले अ-पहरण गरेको सूचना पाएपछि प्रदेश–२ बाट प्रहरी परिचालन भएको थियो ।
त्यस क्रममा ८० जना नेपाल प्रहरी र ३० जना सशस्त्र प्रहरी उद्धारका लागि खटिएको थियो । बिहीबार उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबाँसमा रहेको चन्द समूहको आश्रयस्थलमा प्रहरीले अपरेसन गरेर मोक्तानलाई सकुशल उद्दार गरेको प्रदेश–२ प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीले जानकारी दिए ।
उनका अनुसार त्यहाँबाट चन्द समूहका १४ जना लडाकु पक्राउ परेका छन् । जसमा ८ जना पुरुष र ६ जना महिला रहेका छन् । ‘चन्द माओवादीका लडाकु कमब्याट ड्रेसमै थिए,’ डिआइजी कार्कीले भने, ‘अहिले पनि त्यो ठाउँमा हाम्रो सर्च अपरेसन जारी छ ।’
उनलाई अ-पहरणकारीले दिउँसो ३ बजे अ-पहरण गरेका थिए भने त्यसको जानकारी ५ बजे प्रहरीकोमा आएको प्रदेश–२ का डिआइजी कार्कीले बताए । त्यसपछि अपरेसनमा खटिएको प्रहरी टोलीले करिब २४ घन्टाभित्रै किशोरीको उद्धार गरेको हो । उदयपुरको दक्षिण–पश्चिममा पर्ने सिरहासँग सीमा जोडिएको खसीबासको घना जंगल क्षेत्रबाट किशोरीको उद्धार गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका लडाकुको साथबाट पेस्तोल ३ थान, म्याग्जीन ३, सकेट ब-म ११ थान, प्रेसर कुकर ब-म १ थान र दस्तावेज लगायतका सामग्री बरामद गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद खातीले जानकारी दिए । अ-पहरण गरेर आफ्नो क्याम्पमा राखेर कार्यकर्ताको भूमिका काम गराउन ती युवतीको अपरहण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू विप्लव नेकपाको लडाकु दस्ता रहेको प्रहरीले जनाएको छ ।