काठमाडौँ – पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी तथा मध्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्युन चापिय प्रणालीका कारण प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित पानी पर्न सक्ने मौसमविद्ले बताए। महाशाखाका अनुसार देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना समेत छ।
पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाकाको अनुरोध छ।
देशको पुर्वी क्षेत्र हुँदै पश्चिमी न्युन चापिय प्रणाली बाहिरीन अझ केहि दिन लाग्ने हुँदा मौसममा सुधार देखिन देखि दिन लाग्ने मौसमविद्ले बताए। आइतबार सम्मनै देशभरको मौसममा आन्शिक देखि सामान्य बदली हुने मौसमविद्हरुको अनुमान छ।
महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ।
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशको पश्चिमी तथा मध्य भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आन्शिक बदलीको अवस्था रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ३० गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
चैत्र ०१ गते (शनिबार)
दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
चैत्र ०२ गते (आईतबार)
दिउँसोः देशका अधिकांश भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशका पहाडी भू-भागमा आन्शिक देखी सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।