नयाँ साल २०७७ कुन राशिको लागि कति शुभ ? हेर्नुहोस् वार्षिक राशिफल !

मेष राशि: चु, चे, चो, ला, लि, लु, ले, लो, अ – ARIES

मेष राशिका व्यक्तिहरुका लागि कामको क्षेत्रबाट यो वर्ष  निकै नै शुभ रहनेछ। पराक्रम बढ्नुका साथै ठुला-ठुला निर्णयहरु पनि सहजै लिन सक्नुहुनेछ। शिक्षा प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त गर्नुका साथै, बाल सम्बन्धी चिन्ताहरुबाट पनि राहत पाउने देखिन्छ। नयाँ दम्पतीहरुका लागि, संतान प्राप्तिका लागि पनि शुभ योग रहनुका साथै विवाह वार्ता पनि सफल हुनेछ। अत्यधिक अस्थिरताको सामना गर्नुपरेता पनि, ब्यापार वर्गका लागि यो वर्ष निकै लाभदायक रहनेछ।

अभिभावकको स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्ने हुदा, अभिभावकको स्वास्थ्यमा भने अलि बढी ध्यान दिनु पर्ला। अत्याधिक उर्जाका कारण जिद्दी र उत्साह स्वभावबाट बच्नु पर्ने देखिन्छ। परिवारका जेष्ठ सदस्य वा दाजु-भाइहरूसँगको मतभेद हुन सक्ने योग रहेको हुदा, ध्यान दिनुहोला।

वृष राशि: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – TAURUS

यस वर्ष वृष राशिका व्यक्तिहरु निकै व्यस्त रहने देखिन्छ। आकस्मिक धन प्राप्तिको पनि योग रहेको देखिन्छ। नसोचेको स्थानबाट धन प्राप्ति हुनुका साथै, कैयौं वर्ष देखि नउठेको पैसा पनि यो वर्ष उठ्ने सम्भावना रहेको छ। तपाईंको निर्णय र तपाईंले गरेका कार्यहरूको सबैले कदर गर्नेछन्। सामाजिक तथा धार्मिक कामहरुमा मन जानुका साथै सामाजिक जिम्मेवारीहरु पनि राम्रोसँग निभाउने देखिन्छ। यस वर्ष सरकारी कामहरुमा पनि सफलता प्राप्त गर्ने देखिन्छ।

स्वास्थ्यमा निकै ध्यान दिनुपर्ने देखिन्छ, विशेष गरि आँखामा केहि समस्याहरु देखा पर्नसक्ला। जागिरमा परिवर्तन तथा तनावको सम्भावना रहेको हुदा, कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध कायम राख्नुहोला। झगडा र विवादबाट टाढै रहनुपर्ला। पारिवारिक कलहको पनि सामना गर्नुपर्ला। कठोर शब्द प्रयोग गर्नबाट जोगिनुहोला। कडा परिश्रम गरे, सफलता प्राप्त गर्नुका साथै मान-सम्मान पनि बढ्ने देखिन्छ।

मिथुन राशि: का, कि, कु, घ, ङ, छ, के, को, ह – GEMINI

मिथुन राशिका लागि यो वर्ष वरदान सावित हुनेछ। व्यापार र आर्थिक पक्ष बलियो हुने देखिन्छ। सरकारी सम्बन्धी कुनै पनि काम मिलाउनु परेकामा प्रयासलाई अघि बढाउनुहोला। ठूलो भन्दा ठुलो काम वा निर्णय लिन पनि निकै सहज महसुस गर्ने देखिन्छ। विवाहसँग सम्बन्धित वार्ता तथा छलफल सफल रहला। नयाँ दम्पतीका लागि, विकास र संतान प्राप्तिको पनि योग बन्ने छ। आफन्तसंगको सम्बन्ध बलियो रहनेछ। व्यापारीहरुका लागि पनि यस वर्ष निकै शुभ सावित हुनुका साथै लामो समयदेखि अड्किएको धन फिर्ता पाइने देखिन्छ।

अदालतको मुद्दालाई भने बाहिरनै आपसी सम्झौता गरेमा उत्तम साबित हुनेछ। यस वर्ष, झगडा र विवादबाट टाढै रहनुहोला। सवारी साधन चलाउदा निकै सावधानी अपनाउनुका साथै कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट बच्नुपर्ने देखिन्छ। स्वास्थ्य संबन्धि केहि समस्याहरुको सामना गर्नुपर्ला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो – CANCER

यस वर्ष कर्कट राशिका व्यक्तिहरुलाई कैयौं संकटबाट मुक्ति मिल्ने छ। व्यवसाय वा रोजगारका लागि यो समय तुलनात्मक रूपमा राम्रो रहनुका साथै काममा पदोन्नती अथवा स्थानान्तरणको पनि तिब्र सम्भावना रहेको देखिन्छ। विवाह सम्बन्धी वार्ताहरु सफल रहनेछ। दैनिक व्यवसायमा अत्यधिक लाभको सम्भावना रहनुका साथै रोजगारका लागि गरेको प्राय: सबै प्रयास सफल रहनेछ। कृषि तथा पशुपालनमा पनि फाइदा हुने देखिन्छ।

कर्कट राशिका व्यक्तिहरुले यस वर्ष, व्यर्थ भागदौडको सामना गर्नुपर्ने देखिन्छ। बन्ने कामहरुमा पनि केहि अवरोधहरु देखा पर्न सक्छ। यस वर्ष, ब्यापारिक यात्राबाट पनि कुनै लाभ हुने देखिदैन। आफ्नो स्वास्थ्यमा निकै ध्यान दिनुहोला। गोप्य शत्रुहरूबाट बच्नुहोला। केहि नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने, निकै सोच-विचार गरेर मात्रै लगानी गर्नुहोला।

सिंह राशि: मा, मि, मु, मे, मो, टा, टि, टु, टे – LEO

यो वर्ष सिंह राशिका व्यक्तिहरु सामाजिक कार्यमा सक्रिय रहनुका साथै मान-सम्मान पनि पाउने देखिन्छ।  सन्तान सम्बन्धित चिन्ताहरुबाट मुक्ति मिल्नुका साथै नयाँ दम्पतीहरुका लागि सन्तान प्राप्तिको पनि सम्भावना सिर्जना भइरहेको देखिन्छ। बिद्यार्थीहरुले शिक्षा र प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त गर्नेछन्। आवेदन गर्नुपरेमा अथवा सरकारीस्तरबाट कुनै पनि प्रकारको लाभ लिनुपरेमा, यो वर्ष निकै शुभ साबित हुने देखिन्छ।यी व्यक्तिहरुले लिएको निर्णय अथवा गरेका कार्यहरूको पनि सबैले प्रशंसा गर्नेछन्।

यस वर्ष, गोप्य शत्रुहरूबाट जोगिनु पर्ला। आर्थिक संकट आउन सक्ला। यसका लागि अहिलेदेखिनै सावधान रहनुहोला र व्यर्थ खर्छबाट बच्नुहोला। विवादित मामिलाहरूलाई वेवास्ता गर्नुहोला। ऊर्जावान र उत्साहित महसुस गर्नाले, कहिलेकाँही चाँडै निर्णय लिन सक्नुहुन्छ, ध्यान पुर्याउनुहोला।

कन्या राशि: टो, प, पि, पु, ष, ण, ठ, पे, पो – VIRGO

यस वर्ष रोजगारीका लागि गरिएका सबै प्रयासहरु सफल होला। राजनीतिक वा सामाजिक कार्यबाट निकै लाभ मिल्नेछ। प्रतिष्ठा पनि बढ्ने देखिन्छ। राजनीतिमा प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि यो वर्ष निकै शुभ सावित हुनेछ। स्थान परिवर्तनका लागि पनि राम्रो योग रहने देखिन्छ। बिद्यार्थीहरुले राम्रो फल प्राप्तिका लागि यस वर्ष पहिलेकोभन्दा अलि बढी मिहेनत गर्नुपर्ने देखिन्छ। नव दम्पत्तिका लागि सन्तान प्राप्ति र प्रादुर्भावको योग रहने देखिन्छ।

यो वर्ष स्वास्थ्यको लागि प्रतिकूल रहने देखिन्छ। पैसाको लेनदेन गर्दा निकै सावधानी अपनाउनुहोला। दिईएको ऋण चाँडै फिर्ता नआउने योग रहेको हुदाँ, ऋण दिन इच्छुक हुनुहुन्छ भने, असोज पछि मात्रै लेनदेन गर्नुहोला। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्ला। केहि समयका लागि, विवाहसँग सम्बन्धित मामिलामा ढिलाइ हुनुका साथै, दैनिक व्यवसायमा पनि गिरावट आउने देखिन्छ।

तुला राशि: र, रि, रु, रे, रो, ता, ति, तु, ते – LIBRA

यस नयाँ वर्ष, व्यापार वर्गका लागी निकै राम्रो रहनेछ। घर तथा सवारी खरीदको पनि सम्भावना देखिन्छ। कार्यक्षेत्रमा सफलता प्राप्त गर्ने देखिन्छ। राजनीति वा राजनीतिज्ञसँग गहिरो सम्बन्ध बन्ने योग रहेको हुदा सरकारसँग सम्बन्धित कामहरूका लागि यो वर्ष निकै लाभदायक साबित हुनेछ। यदि विदेशी नागरिकताका लागि अथवा वैदेशिक रोजगारको भिसाका लागि आवेदन दिन चाहानुहुन्छ भने, यस वर्ष तुलनात्मक रूपमा राम्रो हुने देखिन्छ।

परिवारका सदस्यका स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्नाले मन बिचलित रहनेछ। चोरीको योग रहेको हुदा, यात्रा गर्दा आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला। असार मसान्तसम्म, पारिवारिक कलह र मानसिक अशान्तिको सामना गर्नुपर्ने देखिन्छ। यात्राको पूरा आनन्द प्राप्त गर्नुका साथै, यात्रामा अत्याधिक खर्च हुने देखिन्छ। अनीति र अन्यायको सिकार हुनसक्ने योग रहेको हुदा बुद्धिविवेकले काम लिनुपर्नेछ।

बृश्चिक राशि: तो, ना, नि, नु, ने, नो, या, यि, यु – SCORPIO

यो वर्षले, यस राशिका व्यक्तिहरुलाई साहसी र शक्तिशाली बनाउँनेछ। यस राशिका व्यक्तिहरुले लिएको प्राय: सबै निर्णयहरुमा सफलता प्राप्त गर्नेछन्। आकस्मिक धन प्राप्तिको योग रहेको छ। परिवारका सदस्यहरुबाट सहयोग प्राप्ति हुने देखिन्छ। उच्च अधिकारीहरुसंग राम्रो सम्बन्ध राख्दा, राजनीतिज्ञहरुसंग पनि गहिरो सम्बन्ध गठन हुने देखिन्छ। समाजमा पद तथा प्रतिष्ठा बढ्नेछ। पदोन्नति र स्थानान्तरणका लागि पनि राम्रो योग रहेको देखिन्छ। तपाईंको निर्णय र तपाईंद्वारा गरिएका कामहरुको सबैले प्रशंसा गर्नेछन्।

गोप्य शत्रुहरुबाट बच्नुहोला। कार्यस्थलमा तपाईको बिरूद्ध षडयन्त्रहरू रच्ने योग रहेको हुदा, निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। परिवारमा दाजु-भाइहरुसंग मतभेद हुने योग रहेको हुदा, झैँ-झगडाबाट टाढै रहनुहोला। अत्याधिक उत्साहका साथ केहि नसोची निर्णय लिदा सामाजिक विरोधको सामना गर्नुपर्ला।

धनु राशि: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – SAGITTARIUS

यस वर्ष धनु राशिका लागि निकै शुभ साबित हुनेछ। विवाद सम्बन्धित मामिलाहरूको समाधान हुनेछ। हराएको प्रतिष्ठा तथा मान-सम्मान फिर्ता आउने देखिन्छ। यो वर्ष धनु राशिका व्यक्तिहरुको आर्थिक पक्ष निकै मजबूत रहनेछ। शिक्षा प्रतिस्पर्धामा पनि सफलता प्राप्त हुने देखिन्छ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्त मिल्नुका साथै सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि योग रहेको छ। धर्म-कर्म तथा सामाजिक कार्यका मामिलाहरुमा भाग लिने देखिन्छ।

भाद्र मसान्तमा राहु र केतुको राशि परिवर्तनका कारण, शत्रुहरु शक्रिय हुनेछन्। त्यस समय, झगडाबाट जोगिनुहोला। तर यस वर्ष, विवाह सम्बन्धी वार्ताहरू भने सफल रहने देखिन्छ। यदि प्रेम विवाह गर्न चाहनुहुन्छ भने, यो वर्ष निकै शुभ हुनेछ।

मकर राशि: भो, ज, जि, खि, खु, खे, खो, गा, गि – CAPRICORN

यस वर्ष मकर राशिका लागि कुनै वरदान भन्दा कम हुने छैन। सावधानीपूर्वक काम गरे सोचेको भन्दा बढी सफलता प्राप्त हुनेछ। अर्को देशको नागरिकताको लागि आवेदन दिन चाहनुहुन्छ भने, यस समय सफलता प्राप्त गर्ने देखिन्छ। पारिवारिक जीवन सुखद रहने देखिन्छ। लामो समयदेखि अड्किएको धन फिर्ता पाइनेछ। सन्तान सम्बन्धित चिन्ताबाट पूर्ण स्वतन्त्रता महसुस गर्नुहुनेछ। यो समय ब्यापारिक वर्गका लागि पनि निकै लाभदायक साबित हुनेछ।

स्वास्थ्यको हिसाबले भने केही अशुभ रहने देखिने हुदा यात्रा गर्दा निकै ध्यान पुर्याउनुहोला, दुर्घटनाबाट बच्नुहोला र जोर्नीको दुखाईको रोगबाट पनि बच्नुहोला।  सामान चोरी हुने योग रहेको हुदा, यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने देखिन्छ। काम व्यवसाय बारे सचेत रहनुका साथै ऋण दिनुअघि निकै विचार पुर्याउनुहोला। चिढचिढापन पनि महसुस गर्न सक्ला।

कुम्भ राशि: गु, गे, गो, सा, सि, सु, से, सो, द – AQUARIUS

यस नयाँ वर्ष, कुम्भ राशिका व्यक्तिको साहस र पराक्रममा वृद्धि हुनेछ। कैयौँ समयदेखि रोकिएको कामहरु बन्ने छ। विदेश यात्राका लागि पनि शुभ संयोग बन्नेछ। नयाँ मानिसहरूसंग मेलजोल बढ्नेछ। यदि तपाई महिला भए पुरुष र पुरुष भए महिलाले तपाईंको कार्यक्षेत्रमा निकै सहयोग पुर्याउने देखिन्छ। शिक्षा तथा प्रतिस्पर्धामा सफलता प्राप्त होला। प्रेम विवाह गर्ने सोचमा हुनुहुन्छ भने यो योग निकै उपयुक्त हुनेछ। नयाँ जोडीका लागी सन्तान प्राप्ति तथा प्रादुर्भावको पनि राम्रो योग बनिरहेको देखिन्छ।

यस वर्ष, यस राशिका व्यक्तिहरुले कडा संघर्ष पछि मात्र वित्तीय लाभ प्राप्त गर्नेछन्। परिणाम स्वरुप, यस वर्ष आर्थिक संकटको पनि सामना गर्नुपर्ला। यस वर्ष निकै सावधानी अपनाउनु पर्ने देखिन्छ। आफ्नो जिम्मेवारी निभाउन कठिन् महसुस होला, धैर्यका साथ काम गर्नुहोला। पारिवारिक कलहको साथै स्वास्थ्यमा पनि केहि समस्याहरु देखापर्ला। यस वर्ष प्रत्येक कार्य वा निर्णय लिदा होसियारीका साथ लिनुहोला।

मीन राशि: दि, दु, थ, झ, ञ, दे, दो, च, चि – PISCES

यस वर्ष, मीन राशिका व्यक्तिहरुका कार्यक्षेत्रमा विस्तार हुनेछ। ध्यानपूर्वक काम गरे जुनसुकै कार्यमा पनि सफलता पाउने देखिन्छ। अध्ययन तथा रोजगारीका लागि विदेश यात्राको साइत समेत जुर्न सक्ला। कुनै पनि प्रकारको प्रतिस्पर्धाहरुमा भाग लिन चाहनुहुन्छ भने, यो वर्ष उपयुक्त रहने देखिन्छ। विवाह वार्ता पनि सफल हुनेछ। विवाह वार्ता पनि सफल हुनेछ। अदम्य साहस र क्षमताको वृद्धि हुनेछ। काम र लिइएको निर्णयको सबैले प्रसंशा गर्नेछन्।

नराम्रो संगतबाट टाढै रहनुहोला। स्वास्थ्यको दृष्टिबाट भने केही प्रतिकूल प्रभाव पर्न सक्ने हुदा, सावधान रहनुहोला। अत्यधिक ऊर्जावान र उत्साहित भएको फलस्वरूप आफ्नो जिद्द र आवेशलाई नियन्त्रणमा राखी काम गर्नुहुन्छ भने यो वर्ष यस राशिका लागि महत्वपूर्ण वर्ष साबित हुनेछ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०६:३८

स्वस्तिक चिन्हबाट चम्काउनुहोस् भाग्य ! कसरी प्रयोग गर्ने ? [तरिका सहित]