पलले आँचललाई इन्स्टाग्राममा पछ्याउन बन्द गरे, आँचलले लगनगाँठो कस्दै गर्दा यसो गर्दै थिए पल !

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रमा केहि समय अगाडी नायक पल शाह र नायिका आँचल शर्मालाई जोडीको रुपमा हेरिन्थ्यो। ‘रिल लाइफ’मा धेरैनै रुचाइएको यस जोडीलाई धेरैले ‘रियल लाइफ’ जोडीको रुपमा समेत चर्चा गर्थे।

सामाजिक संजालहरुमा धेरैले यी दुई बीच प्रेम सम्बन्ध रहेको हल्ला पनि चलाए। तर, दुवैले यो हल्लालाई कहिले पनि स्वीकारेनन्। आँचलले आफ्ना प्रेमीको रुपमा डाक्टर उदिप श्रेष्ठलाई सार्वजनिक गरेसँगै सम्पूर्ण हल्लाहरु स्वतः खारेज हुन पुगे।

केहि समय अगाडी मात्रै प्रेमी सार्वजनिक गरेकी आँचलको फागुन महिनामा इन्गेजमेन्ट समेत भयो भने बिहिबार मात्र उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसिन्।

सामाजिक संजालमा अहिले आँचलकै विवाहको चर्चा छ। सामाजिक संजाल तथा मिडियाहरुमा आँचलका तस्विरहरु छाइरहेका बेला नायक पल शाहले भने आँचललाई इन्स्टाग्राममा अन्फलो गरेका छन्।

इन्स्टाग्राममा पललाई पछ्याउनेको संख्या राम्रो छ। वर्तमान अवस्थामा पलले भने मात्रै सात जनालाई फलो गरेका छन्। उनले फलो गरेको सूचीमा केहि समय अगाडी सम्म आँचल थिइन्। तर, अहिले उनले फलो गरेको सूचीमा आँचल छैनन्।

आँचलको विवाह पक्का भएसँगै पलले अनफलो गरेको हुन सक्ने अनुमान गरिएको छ। यधपी आँचललाई कहिले र किन अनफलो गरिएको हो भन्ने कुरा पल बाहेक अन्यलाई सायदै थाहा होला।

आँचलको विवाह हुँदा कहाँ थिए पल ?

केहि समय अगाडी सार्वजनिक भएको एक अन्तर्वार्तामा पललाई आँचलको विवाहमा सहभागी हुने बारे प्रश्न गरिएको थियो। जसक्रममा उनले जान पनि सकिने नजान पनि सकिने उत्तर दिएका थिए।

बताइएअनुसार, आँचलको विवाह हुँदै गर्दा पल एक म्युजिक भिडियोको छायाँकनमा व्यस्त थिए। इन्स्टाग्राममा पलले राखेको तस्विर तथा स्टोरी हेर्दा पल बिहिबार गोदावरी भिलेज रिसोर्टमा शुटिंगमा व्यस्त रहेको देखिन्छ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०८:३१

कोरोना प्रभावः अब कुनै पनि देशको श्रम स्वीकृति नपाइने !