कोरोना संक्रमण भएको जस्तो लाग्यो, १११५ मा फोन गर्नुस् !

काठमाडौँ – विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास नेपालमा पनि बढेसँगै कोरोना भाइरस बारे जानकारी दिन कल सेन्टर सञ्चालनमा ल्याएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले कोरोना (कोभिड–१९)भाइरस संक्रमणबारे जानकारी दिनका शुक्रबार देखि कल सेन्टर सञ्चालनमा ल्याएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले व्यवस्था गरेको कल सेन्टरमा फोन गरेर कोरोना भाइरस बारे जानकारीका साथै कोरोना लागेको आशंका भएमा कुन अस्पताल जाने जस्ता जानकारीहरु लिन सकिनेछ।

कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लागेमा अथवा केहि जानकारी लिन परेमा १११५ नम्बरमा फोन गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ।

महाशाखाले टोल फ्रि नम्बर १६६००१९७००० को समेत व्यवस्था गरेको छ। दुवै नम्बरबाट कोरोना भाइरस सम्बन्धि जानकारी लिन सकिने बताइएको छ।

विश्वभरी महा-मारी-को रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण १२५ भन्दा बढी देशहरुमा पुगिसकेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७ सय भन्दा बढी ज्यान गएको छ । कूल सङ्क्रमितमध्ये ६८ हजार भन्दा बढीको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०८:५१

‘ब्लफकल’ले प्रहरी हैरान: कोहि फोन गरेर गालीगलौज गर्छन्, कोहि गीत बजाएर सुनाउँछन् !