तेस्रो मुलुकका नागरिकका लागि सबै नाका बन्द, विदेशबाट आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने

कोरोना भाइरसको संक्रमणले संसारभर त्रास फैलिरहेको बेला, विदेशबाट आउने नागरिकलाई अध्यागमन विभागले नेपाल प्रवेशमा कडाइ गरेको छ ।

विदेशबाट नेपाल भित्रिने नेपाली नागरिक तथा विभिन्न कामले भित्रिने विदेशी नागरिकका अध्यागमन विभागले विभिन्न शर्तहरु पालना गर्नुपर्ने गरि सूचना जारी गरेका छन्।

अध्यागमन विभागका अनुसार, विदेशी यात्रुका लागि नेपाल प्रवेशका लागि ‘अन अराइभल भिसा’ समेत निलम्बन गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले  फ्रान्स, जर्मनी र स्पेनका लागि गत सोमबार नै अन अराइभल भिसामा रोक लगाएको थियो।

नेपाल आउने विदेशी नागरिकले पूर्व प्रवेशाज्ञाका आधारमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने हुन्छ। यो प्रावधान, गैरआवासीय नेपालीहरुका हकमा पनि लागू हुने विभागले जनाएको छ ।

यसअघि सरकारले गत हप्ता चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकहरुलाई पनि अनअराइभल भिसामा रोक लगाएको थियो। अनअराइभल भिसाको मतलब नेपाल घुम्न आउने मानिसलाई नेपालमा दिइने भिसा हो ।

विभागका अनुसार, शनिबार अर्थात भोलिदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिक र गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने छ ।

स्थलमार्गबाट नेपाल आउने तेस्रो मुलुकका नागरिकलाई सम्पूर्ण नाकाहरु बन्द गरिएको छ। नेपाल भित्रिनका लागि एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको विभागको भनाइ छ ।

विभागले शुक्रबार जारी गरेको यस सूचनाका अनुसार, शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि यो प्रावधान लागू हुनेछ।

कोरोना संक्रमण भएको जस्तो लाग्यो, १११५ मा फोन गर्नुस् !

काठमाडौँ – विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास नेपालमा पनि बढेसँगै कोरोना भाइरस बारे जानकारी दिन कल सेन्टर सञ्चालनमा ल्याएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले कोरोना (कोभिड–१९)भाइरस संक्रमणबारे जानकारी दिनका शुक्रबार देखि कल सेन्टर सञ्चालनमा ल्याएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले व्यवस्था गरेको कल सेन्टरमा फोन गरेर कोरोना भाइरस बारे जानकारीका साथै कोरोना लागेको आशंका भएमा कुन अस्पताल जाने जस्ता जानकारीहरु लिन सकिनेछ।

कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लागेमा अथवा केहि जानकारी लिन परेमा १११५ नम्बरमा फोन गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ।

महाशाखाले टोल फ्रि नम्बर १६६००१९७००० को समेत व्यवस्था गरेको छ। दुवै नम्बरबाट कोरोना भाइरस सम्बन्धि जानकारी लिन सकिने बताइएको छ।

विश्वभरी महा-मारी-को रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण १२५ भन्दा बढी देशहरुमा पुगिसकेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ । तीमध्ये चार हजार ७ सय भन्दा बढी ज्यान गएको छ । कूल सङ्क्रमितमध्ये ६८ हजार भन्दा बढीको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०९:४५

प्रम साँझ अस्पतालबाट निवास फर्कने