२ श्रीमान बीच भयो अजिव सम्झौता, छाडेर गएकी श्रीमतीसँग पूर्वपतिले पनि राख्न पाउने भए सम्बन्ध !

एजेन्सी – पाकिस्तान लाहोरस्थित रायविंद क्षेत्रको एक अनौंठो घटना सार्वजनिक भएको छ। त्यहाँ एक महिलाका पूर्व पति र वर्तमान पति बीच विश्वासै गर्न नसकिने सम्झौता भएको छ। दोस्रो विवाह गरेकी एक महिलालाई वर्तमान पतिले पूर्व पतिकोमा केहि समय सम्म रहने गरी सम्झौता गरेका हुन्।

पूर्वपतिसँग रहेका आफ्ना सन्तानको पालन-पोषणको लागि केहि समय पूर्वपतिकोमै रहने गरी सम्झौता भएको पाकिस्तानमा स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

दुई पक्ष बीच भएको यस सम्झौता बारे लिखित बयान पनि दर्ता गरिएको छ। प्रशासनमा दर्ता गरिएको बयानमा पत्नीको पूर्वपतिको तर्फबाट चार सन्तान रहेको र उनीहरुको अवस्थालाई लिएर उनी सधैँ दुखि हुने गरेको महिलाका वर्तमान पतिले उल्लेख गरेका छन्। पत्नीले धेरै चिन्ता लिएको कारण आफूले यस्तो निर्णय लिएको उनको बयान छ।

“मेरी श्रीमतीको पूर्वपतिसँगबाट चार सन्तान छन्। उनीहरुको पालन-पोषणलाई लिएर उनलाई जहिले पनि चिन्ता हुन्छ। यहि कारणले गर्दा उनको सहमतिमा पूर्वपतिसँग बस्ने उनलाई अनुमति दिन्छु”,स्थानीय अदालतमा पेश गरिएको लिखित बयानमा उनले भनेका छन्।

महिलाका पूर्व पतिले पनि सम्झौता अन्तर्गत आफ्नो बयान अदालतमा पेश गरेका छन्। जसमा उनले पूर्वपत्नी तथा बच्चाहरुको उचित ख्याल राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्। ती महिलासँग पूर्वपतिले समेत शारीरिक सम्बन्ध राख्न सकिने गरी सम्झौता भएको बताइएको छ।

यसरी पूर्वपतिसँग बस्न र सम्बन्ध राख्न कुनै पनि पतिले अनुमति दिएको विश्वकै यो पहिलो घटना होला। आफ्नी पत्नीलाई दुखि भएको देख्न नसकेर यस्तो निर्णयमा आफू पुगेको उनको भनाई छ।

आपसी समझदारीमा तीनै जनाले अदालतमा लिखित बयान पेश गरी सम्झौतामा हस्तक्षर गरिसकेको पाकिस्तानका संचार माध्यमहरुले जनाएका छन्। यस सम्झौताको समय एक वर्ष हुनेछ। जस अनुसार अबको एक वर्ष ती महिला पूर्वपतिसँगै हुनेछिन्।

प्रकाशित : शनिबार, चैत ०१, २०७६१५:१५

कोरोनाले थप भयानक रुप लिन सक्ने: कोरोना भाइरसको अन्त्य बारे यसो भन्छ ज्योतिषीय गणना !