काठमाडौँ – लोकसेवा आयोगले कर्मचारीका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। बुधबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो।
राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ। लोकसेवा आयोगका अनुसार माग भएका पदहरुमा योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्। जारी सूचना अनुसार खुला तथा समावेशी गरी कुल ७३० जनाको लागि दरखास्त आह्वान गरिएको छ।
यस्तै आयोगले द्वितीय श्रेणी खरिदार वा सो सरहका पदहरुमा बढुवाको लागि पनि दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार नै गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर बढुवाका लागि दरखास्त आह्वान गरेको हो।
उम्मेदवारहरुले लोक सेवा आयोगबाट निर्धारित दर्खास्त फाराममा उल्लेखित विवरण खुलाई दरखास्त दिन सक्ने बताइएको छ। सम्बन्धित उप्पेदबारले एकप्रति दरखास्त फाराम स्पष्टसँग भरि सम्बन्धित बढुवा समितिको सचिवालवमा बुझाई सक्नु पर्ने आयोगको सूचनामा उल्लेख गरिएको छ।
अन्य जानकारी निम्नका सूचनामा छन्।
गोरखापत्रमा प्रकाशित सूचना