“भारतमा कोरोना फैलिसक्दा विद्यालय बन्द नगरेर हेलचक्र्याइँ किन?, बन्द गर्दा आकाश खस्छ?”

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण भारत सम्म आइपुगेको हुँदा विद्यालयहरु तत्काल बन्द गरिनुपर्ने बताएका छन्।

भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत शनिबार कोरोना भाइरस तिब्र गतिमा फैलीरहेको हुँदा केहि हप्ताका लागि विद्यालय बन्द गरिनुपर्ने बताएका हुन्।

कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको हुँदा विद्यालयहरु केहि हप्ताका लागि तत्कालनै बन्द गरिनुपर्ने उनको माग छ।

“कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिँ स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचेक्र्याइँ गरेको हो?”,भट्टराईले ट्वीटरमा लेखेका छन्।

परीक्षा भन्दा विद्यार्थीको जीवन प्राथमिकतामा रहनु पर्ने उल्लेख गर्दै उनले परीक्षा केही हप्ता पर सार्दा कुनै पनि आकाश नखस्ने उनले तर्क गरेका छन्।

“छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?”,भट्टराईले ट्वीटरमा थप लेखेका छन्।

भट्टराईको ट्वीट यस्तो छ – 

कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो?छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?”

प्रकाशित : शनिबार, चैत ०१, २०७६०५:५४

जुत्ता किन्न पैसा थिएन, खालि खुट्टामा दौडिएर पदक जतिन्…