होली पर्व मनाउन म-दि-रा पिउँदा ११को ज्यान गयो !

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा वि-षाक्त म-दिरा पिउँदा मृ-त्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृ-त्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ ।

होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु म-दिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साताअघि मृ-त्यु भएका पाँचको वि-षाक्त म-दिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ ।

मृ-त्यु हुनेमा २९ बर्षीय ब्रह्मदेव यादव, ४० बर्षीय विला मण्डल, ६५ बर्षीय गदर मण्डल, ३५ बर्षीय राजु महरा रामनारायण महरा, शत्रुघन मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटना बारे अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

अन्य चारजना रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए । अवैध म-दिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरिएको जनाइएको छ । अहिले पुरै गाउँ शोकमा डुवेको छ । आर्थिक रुपले विपन्न परिवारका व्यक्तिको मृ-त्यु भएको जनाइएको छ ।

उद्घाटन नगरी मन्त्री पोखरेल फर्किए

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्छकिएका छन् ।

शनिबार उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजानिक कार्यक्रममा भवनको उद्घाटन नगरेको जनाइएको छ ।

सो अवसरमा उनले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिए। उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरे।

 

प्रकाशित : शनिबार, चैत ०१, २०७६०७:२९

अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण !