कोरोना-इबोला भन्दा पनि घातक संक्रमण जसले लिएको थियो करोडौंको ज्यान…

एजेन्सी – चीन हुँदै विश्वव्यापी रुप लिएको कोरोना भाइरसको संक्रमणले करोडौंलाई असर गरिसकेको छ। विश्वका करोडौं मानिसलाई यसको संक्रमण भइसकेको छ भने यसले कयौंको ज्यान लिसकेको छ।

शुरुवाती केन्द्रविन्दु चीन भएता पनि अहिले यो भाइरस विश्वभर फैलिरहेको छ। सन् २०२० मा कोरोना भाइरसको संक्रमणले ‘महामारी’को रुप लिए जस्तै विगतका विभिन्न कालखण्डमा पनि विभिन्न रोगहरुले ‘महामारी’को रुप लिएको पाइन्छ। इतिहाँसमा दर्ज भएअनुसार हालसम्मको सबै भन्दा घातक ‘महामारी’ ब्ल्याक डे-थ हो।

१३औं शताब्दीमा युरोपमा फैलिएको उक्त स्वास्थ्य प्रकोपले करोडौंको ज्यान लिएको थियो। युरोपमा सन् १३४८-५० सम्ममा फैलिएको सो महामारीले २० करोड मान्छेको ज्यान लिएको बताइन्छ।

कसरी फैलियो ?

यस स्वास्थ्य प्रकोप फैलिनुका पछाडी कयौं कथन तथा सिद्धान्तहरू छन्। ब्ल्याक डे-थ चीन, इजिप्ट र इरान हुँदै पश्चिमका देशहरूमा फैलिएको इतिहाँसकारहरु बताउँछन्। यस घातक ‘महामारी’ पछाडी प्लेग ब्याक्टेरिया संक्रमणको मूक्य भूमिका थियो।

प्लेग ब्याक्टेरिया संक्रमण सरेका बिरामीहरुका भित्रि मूख्य अंगहरु नष्ट हुन्थे भने क्रमिक रुपमा केहि दिन भित्रै ज्यान जान्थ्यो। यस संक्रमण हुनेहरु र-गत सहितको वान्ता गर्थे भने शरीरका विभिन्न अंगहरु कालो हुँदै गएर अन्ततः दर्दनाक मृ-त्युवरण गर्थे।

लक्षण

प्लेग ब्याक्टेरिया संक्रमण हुनेहरुमा ज्वातो आउने, शरीर कम्जोर हुने, पेट देख्नुका साथै पखाला लाग्ने तथा वन्दा हुने जस्ता लक्षणहरु देखा पर्थे। प्लेग ब्याक्टेरिया हावी हुँदै जाँदा मुख, नाक, आन्दा छाला भित्रबाट र-क्त्श्राप हुन थाल्थ्यो। हात, खुट्टा तथा नाक जस्ता शरीरका विभिन्न अंगहरु म-रेर कालो हुँदै जान्थे। यस संक्रमणले केहि हप्ता पनि नबित्दै बिरामीको ज्यान लिन्थ्यो।

पहिल्लो पटक यस महामारी बेलायतमा फैलिएको बताइन्छ। सन् १६६५मा बेलायतको लण्डनमा फैलिएको यस संक्रमणले लण्डनमा मात्रै १ लाख भन्दा बढीको ज्यान लिएको थियो। त्यस ताका लण्डनको एक तिहाई जनताको सोहि संक्रमणबाट ज्यान गएको थियो। यस संक्रमणबाट विश्वभर ८ करोड देखि २० करोड सम्मले ज्यान गुमाएको अनुमान गरिन्छ।

संक्रमणलाई लिएर अ-न्धविश्वास

धेरै भन्दा धेरै व्यक्तिहरुको ज्यान लिएपनि यसको कारण बारे कसैले पत्ता लगाउन सकेन। जसकारण यसलाई ‘परमेश्वरको क्रोध’ पनि भनियो। कारण र उपचार थाहा हुन नसक्दा मानिसहरु यसलाई पृथ्वीमा बढ्दै गएको पाप विरुद्ध भगवानको क्रोध भनेर व्याख्या गर्थे।

लोभीपना, ईश्वरनिन्दा, व्य-भिचार र भौतिकता प्रति चरम लगाव जस्ता समाजमा व्याप्त दुष्टताका कारण यो रोग फैलियो भनेर मानिसहरू विश्वास गर्थे।

संक्रमणको कारक

ब्याक्टेरियम येरसिनिया पेस्टिस नामक ब्याक्टेरियाका कारण संक्रमण फैलिएको थियो। धेरै वर्ष सम्म यो ब्याक्टेरिया कहाँबाट मानिसहरुमा सर्यो भन्ने कुरा अज्ञात रहेपनि पछि संक्रमित पिसोको टोकाईबाट सर्ने तथ्य पत्ता लाग्यो। एक प्रकारको मुसाबाट पिसोले मानिसहरुमा सारेको यस संक्रमण अझै पनि विश्वका केहि व्यक्तिहरुमा देखिने गरेको पाइन्छ।

यस संक्रमणका बुबोनिक प्लेग र न्यूमेनिक प्लेग गरी दुई प्रकार छन्। बुबोनिक जनावरबाट मानिसहरुमा सर्छ भने न्यूमेनिक हाछ्यूँ अथवा खोकिको माध्यमबाट पनि सर्छ।

प्रकाशित : शनिबार, चैत ०१, २०७६१३:०२

२ श्रीमान बीच भयो अजिव सम्झौता, छाडेर गएकी श्रीमतीसँग पूर्वपतिले पनि राख्न पाउने भए सम्बन्ध !