विक्रम संवत २०७७: नयाँ संवत्सरमा ‘कालसर्प योग’को छायाँ, कुन राशिलाई कस्तो असर ? हेर्नुहोस् !

चन्द्रमासअनुसार चैत्र शुक्ल प्रतिपदा चैत १२ गते बुधबारदेखि ‘प्रमादी’नामक नयाँ संवत्सर सुरु हुँदैछ । ‘प्रमादी’नामक संवत्सर शुभारम्भ भएसँगै राहु र केतुबाट बन्ने कालसर्प योगले हरेक राशिलाई फरक-फरक असर पार्नेछ।

नेपालको वृश्चिक राशि पर्ने भएकाले ‘प्रमादी’नामक नयाँ संवत्सर सुरु भएसँगै व्यक्ति तथा देशको अन्तरिक मामलामा अन्तरिक हस्तक्षेप बढ्ने देखिन्छ। यसको साथै देशमा खर्च समेत बढ्ने सम्भावना रहन सक्छ। देशमा सानातिना दुर्घटनाहरुमा वृद्धि हुन सक्छ।

नयाँ संवत्सरको शुरुवातसँगै बन्ने कालसर्प योगले विक्रम २०७७मा पनि राशिहरुलाई असर गर्नेछन्। यस्तो हुँदा कुन राशिलाई कस्तो प्रभाव पार्ला ? हेर्नुहोस् राशिअनुसारको फल !

मेष राशि

यदि तपाईंको मेष राशि हो भने ,यस राशिमा रहेको ‘वासुकी’ कालसर्प योगले तपाईंलाई साहसी र पराक्रमी बनाउँछ । यसको प्रभाव तपाईंको लागि सधैं शुभ रहन्छ तर याद राख्नुहोस् कि तपाईंको कुनै मनमानी निर्णयले गर्दा घर परिवारमा मनमुटाव र कलह पनि  हुनसक्छ ।

वृष राशि

यस राशिमा रहेको ‘कुलिक’ कालसर्प योगले  स्वास्थमा नकारात्मक असर पर्छ तर आकस्मिक धन लाभको योग पनि बन्छ । गुमाउनु भएको पैसा फिर्ता हुने , कार्यक्षेत्रमा कुनै पनि षडयन्त्र को शिकार हुनबाट जुनिने योग छ ।

मिथुन राशि

राहुले सिर्जना गरेको ‘अनन्त’ कालसर्प  योगको  प्रभाव बढ्नेछ, यद्यपि  आफ्नो जिद्दी र रिसलाई नियन्त्रणमा राखी  निर्णय लिनुहुन्छ भने तपाईं सफल हुनुहुनेछ। बेकारका विवादहरूलाई बेवास्ता गर्नुहोस्, आलस्यलाई छोडी आफ्नो काममा लाग्नुहोस्।

कर्कट राशि 

यस राशि भएको व्यक्तिमा रहेको  ‘शेषनाग’ कालसर्प योगले गर्दा तपाईं अत्याधिक भागदौड  र झगडा विवादमा फस्न सक्नुहुन्छ । जान्नुहोस् कि विदेश यात्रा र विदेशी नागरिकताको लागि आवेदन दिनु शुभ हुन्छ । दुर्घटनाको पनि योग भएको हुनाले यसबाट बच्नु होला ।

सिंह राशि

तपाईंको राशिमा रहेको  ‘विश्वधर’ कालसर्प  योगको प्रभावले आर्थिक पक्षलाई सुदृढ बनाउँनेछ तर आफ्ना दाजुभाइसँग मतभेद हुन सक्छ। यसलाई ग्रहयोग सम्झेर बेवास्ता नगर्नुहोस् । गलत व्यक्तिको संगत र खाराब कुलतमा फस्नबाट बच्नुहोस् ।

कन्या राशि 

तपाईंको राशिमा ‘पातक’ कालसर्प योगको प्रभाव रहनेछ । यो योगले सामाजिक र राजनीतिक प्रतिष्ठा ल्याउँछ तर कार्यको क्षेत्रमा तनावको अवस्था उत्पन्न  गर्छ। उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध राख्नुहोस्, सरकारी कामहरूको समाधान हुनेछ।

तुला राशि

राशि संकेतको भाग्यमा बनेको ‘शंखचुड’ कालसर्प योगले कार्यक्षेत्रलाई अवरोध पुर्‍याउँछ तर यसलाई सफल पनि बनाउँदछ किनभने, राहु  धेरै शक्तिशाली छ। यज्ञ अनुष्ठानमा सक्रिय रूपमा भाग लिने योग छ र पैसा खर्च हुन्छ । देखावटिपना देखि टाढा रहनुहोस्।

वृश्चिक राशि

तपाईंको राशिमा रहेको ‘कर्कोटक’ कालसर्प योगले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। कार्यक्षत्रमा कुनै पनि षड्यन्त्रबाट पनि बच्नुहोस् । आकस्मिक धनलाभको योग छ । सवारी साधन ध्यानपूर्वक चलाउनुहोला , दुर्घटनाको योग पनि रहेको छ ।

धनु राशि

यस राशि चक्रमा रहेको ‘तक्षक’ कालसर्प योगको प्रभावले गर्दा विवाह सम्बन्धि वार्तामा ढिलाई हुन्छ । व्यापारमा पनि लागत धेरै र आयात कम हुन्छ । वैवाहिक जीवनमा पनि केहि समस्या आउने योग छ तर यसलाई ग्रहयोग सम्झेर बेवास्ता भने नगर्नुहोला ।

मकर राशि

तपाईंको राशिफलका लागि  ‘महापद्म ‘कालसर्प योगले शत्रु मर्दी योग बनाउँनेछ, यद्यपि तपाईं अदालतको मामिला भने बाहिरनै मिलाउन  सक्नु भयो भने  निकै उत्तम हुन्छ । स्वास्थ्यको ख्याल राख्नुहोस्, बाहिरी व्यक्तिलाई बढी पैसा नदिनुहोस् अन्यथा नोक्सान हुने सम्भावना पनि छ।

कुम्भ राशि 

तपाईंको राशिमा रहेको ‘पद्मा’ कालसर्प योगको प्रभावले तपाईंलाई शिक्षा र प्रतिस्पर्धामा सफलताको लागि कडा मेहनत गर्नु पर्छ । प्रेम सम्बन्धमा उत्पन्न हुने मनमुटावको कारण उदासीनता छाउँने छ । कुनै न कुनै कारण  बच्चा सम्बन्धित चिन्ता कष्टदायी हुन सक्छ।

मीन राशि 

तपाईको राशिमा रहेको ‘शंखपाल’ कालसर्प योगले तपाईंलाई पारिवारिक कलह र मानसिक तनावबाट विचलित बनाउँछ । सावधानीपूर्वक यात्रा गर्नुहोस्, सामान चोरी हुन बाट बच्नुहोस्, घर गाडीको खरीदमा केही अवरोध हुनेछ,  अन्तत तपाईं सफल हुनुहुनेछ।

प्रकाशित : शनिबार, चैत ०१, २०७६१३:४४

ग्रहचक्रमा सूर्यको २०७६ सालकै अन्तिम उथल-पुथल, यी राशिलाई लाभ !