हिरोइनलाई छुन पनि थर-थर काम्थे यी अभिनेता!

गोविंदा बलिउडका नम्वर वान हिरो हुन् । डान्स , कमेडी र रोमान्सको लागि उनी निकै चर्चित छन्। गोविंदाले करिब २० वर्षसम्म बलिउडमा राज गरे। उनले फिल्ममा करिश्मा कपूर, रवीना टंडन, शिल्पा शेट्टी जस्ता कैयौँ कलाकारसँग काम गरेका छन्। तर एक समय यस्तो थियो कि उनी हिरोइनलाई छुन समेत डराउथे।

गोविंदा धेरै जस्तो कमेडी गर्दै हिरोइनसँग रोमान्स गरेको देख्न सक्छौ। करियरको सुरुवातमा  गोविंदालाई रोमान्स गर्न निकै गाह्रो भएको थियो। केहि महिना पहिला उनि आफ्नी श्रीमती सुनीता र छोरी टीनासँग कलर्स च्यानल शो इन्टरटेनमेन्टको रातमा पुगेका थिए। यसैक्रमममा गोविंदाले बताए कि उनी निकै सोझो थिए र केटिलाई हेर्दैन थिए।

उनले एक घ’टना सम्झिदै भने ,”एक फिल्मको शुटिंगको क्रममा  सरोज खानले सोधेका थिए कि के तिमीले कहिले रोमान्स गरेका छौ ।  कसैलाई टच गरेकाछौ ।  मैले भने छैन। तब सरोज जीले भन्नुभएको थियो कि  यसरी कहाँ हुन्छ।  उसलाई अलिकति रोमान्स सिकाउ भन्नुभएको थियो।  “

गोविंदाले अगाडी भने ,”त्यसपछी मलाई जुहू पठाईयो।  म समुन्द्रको किनारको पानीमा उभिएको थिए।  त्यहाँ मलाई एक केटिले अँगालो हाल्न  सिकाई रहेकी थिइन्। त्यस समय म कामिरहेको थिए। उनको नाम  राज लक्ष्मी थियो र उनी  कर्नाटकको थिइन् । यस ट्रेनिंगपछि उनी एक्स्पर्ट भएका थिए।

प्रकाशित : शनिबार, चैत ०१, २०७६१४:५४

यस अभिनेत्रीको बोल्ड दृश्य हेर्नकै लागि लाइन लाग्थे मानिस, तर बीचमै खाली हुन्थ्यो हल !