काठमाडौँ : यदि तपाईले ‘त्रिदेव’ र ‘विश्वात्मा’ फिल्म हेर्नु भएको छ भने त्यस फिल्मको हट र बोल्ड अभिनेत्री सोनमलाई पनि पक्कै चिन्नु हुन्छ होला। ९० को दशकमा सोनम एक बोल्ड अभिनेत्रीको रुपमा नाम कहलिएकी थिईन्। चलचित्र निर्माताहरु उनलाई आफ्नो फिल्ममा लिनको लागि उनको घरको चक्कर काट्थे। त्यतिबेला यस्तो थियो, जुनबेला अभिनेत्रीहरु बिकिनी लगाउन लाज मान्ने गर्थे। कुनै अभिनेत्रीले फिल्ममा बिकिनी लगाएमा सञ्चार माध्यमहरुमा चर्चाको केन्द्र बन्थ्यो।
अभिनेत्री सोनमले सन् १९८८ मा रिलिज भएको फिल्म ‘विजय’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिईन्। फिल्मले सफलता हासिल गर्यो र एकाएक सोनम पनि चर्चित भईन्। यस फिल्ममा सोनमले जबरदस्त किस सिन दिएकी थिईन्। जसपछि उनी कामुक अभिनेत्रीको रुपमा चिनिन् थालिन्। सोनम त्यस समयको साँच्चै नै भाग्यमानी अभिनेत्री थिईन्, जसको पहिलो फिल्मले नै बलिउडमा तहल्का मच्चाएको थियो।
‘विजय’ र ‘त्रिदेव’ जस्ता फिल्मले उनलाई रातारात स्टार बनाईदिएको थियो। केवल यति मात्र नभई त्रिदेवको गीत ‘ओए ओए’ पछि उनलाई यहीं नामबाट बोलाउन र चिनिन् सुरु भयो। त्रिदेव फिल्म रिलिज भएको १ वर्ष पछि रिलिज भएको थियो फिल्म ‘मिट्टी और सोना’ । यस फिल्ममा सोनमसँगै चंकी पाण्डे पनि देखिएका थिए तर उनलाई कसैले नोटिस समेत गरेनन्। यस फिल्ममा सोनमले जमेर बोल्ड सिन दिएकी थिईन्।
यस फिल्ममा थुप्रै ठाउँहरुमा सोनमले बोल्ड दृश्य दिएकी थिईन्। जब फिल्म रिलिज भयो यसले बक्स अफिसमा तहल्का नै मच्चायो। त्यस समयमा यस्तो दृश्य दिनु निकै ठुलो कुरा थियो। भारतीय सञ्चार माध्यमहरुका अनुसार मानिस घन्टौंसम्म लाइन लागेर फिल्मको टिकट खरिद गरी सोनमको बोल्ड दृश्य हेरेर फर्किन्थे। यानि कि दर्शक हलमा सिर्फ उनको बोल्ड दृश्य हेर्नको लागि भनेर आउँथे र त्यसपछि हल खाली हुन्थ्यो।
सोनमले आफ्नो हट अवतार आफ्ना सबै फिल्महरुका देखाएकी छिन्। यद्यपि ‘आखिरी अदालत’ र ‘त्रिदेव’ जस्ता फिल्महरुमा देखिएकी सोनमले विवाहपछि फिल्म क्षेत्रलाई चटक्कै छाडिन्। पछि अन्डरवर्ल्ड डनहरुबाट लगातार ज्यान मार्ने धम्की आएपछि सोनम र उनका पतिले भारत छोडे र विदेशमा गएर बसे।
भारतीय चलचित्र उद्योगमा सोनममा यस्तो अभिनेत्रीको रुपमा लिईन्छ, जो सफलता शिखरमा चढी चुचुरोमा पुगिन् र रिटायर भईन्। उनले कहिल्यै सेटब्याक वा डाउनफलको सामना गर्नु परेन्। एजेन्सी