डिभी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द ! [सूचना सहित]

काठमाडौँ – अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गर्ने भएको छ।

मंगलबार देखि लागू हुने गरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गर्न लागेको हो।

विश्वभर बढिरहेको कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै दूतावासले सोमबार एक सूचना जारी गर्दै डिभी तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरिएको जानकारी गराएको छ। दूतावासका अनुसार जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गरिनेछ। यधपी निश्‍चित समय तोक्‍न भने नसकिएको दूतावासको भनाई छ।

अत्यन्त जरूरी कामका लागि वा तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न दूतावासलाई इमेल मार्फत सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। आकस्मिक अपोइन्टमेन्टका लागि दूतावासले [email protected] मा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ।

एमआरभी शुल्क भने भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने पनि दूतावासले जानकारी गराएको छ।

“भिसा आवेदकहरूका लागि कोभिड-१९ सम्बन्धी सूचना: २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ। हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्‍चालन गर्नेछौँ तर यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ। एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ । अति जरुरी कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्नका लागि कृपया [email protected] बाट उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्नुहोला।”,सूचना जारी गर्दै दूतावासले भनेको छ।

प्रकाशित : सोमबार, चैत ०३, २०७६०६:५१

जताततै कोरोनाकै चर्चापछि हरेकको मनमा डर, अस्पतालमा भीड !