काठमाडौँ – ललितपुरमा तीन दिन विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले ललितपुरमा मंगलबार सहित तीन दिन विद्युत अवरूद्ध गर्ने भएको हो।
पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ्ग फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले विद्युत ‘सट डाउन’ गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
अपग्रेडिङ कार्य मंगलबार, बिहिबार र शनिबार तीन दिन चल्ने हुँदा सोहि अनुरुप बिहान १० बजेबाट साँझ ६ बजेसम्म बिजुली ‘सट डाउन’ हुने बताइएको छ।
बिजुली ‘सट डाउन’ बारे प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी गराएको छ। जारी सूचनामा उक्त फिडर अन्तर्गत चुनिखेल, छम्पि, सल्यानटार, इटाहिटी, कामीडाडा, टिकाभैरव, देविचौर, बुरुंगचुली एरिया लगायत उक्त फिडरबाट विद्युत वितरण हुने क्षेत्रमा बिजुली ‘सट डाउन’ हुने उल्लेख गरिएको छ।
“पुल्चाेक वितरण केन्द्रकाे पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडीगं कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।१२।०४ , ०६ र ०८ गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत चुनिखेल ,छम्पि, सल्यानटार, इटाहिटी, कामीडाडा, टिकाभैरव, देविचाैर, बुरुंगचुली एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ । “,सूचना जारी गर्दै प्राधिकरणले भनेको छ।