ब्याण्ड बाजा सहित गराइयो ‘पाडो’को मुण्डन ! कारण यस्तो…

भर्खरै, भारतबाट एक निकै अनौंठो मामला सुन्नमा आएको छ। जहाँ एक किसानले ब्याण्ड बाजाका साथ दुर्गा माताको मन्दिरमा आफ्नो ‘पाडो’को मुण्डन गराएका छन्।

पाडोको मुण्डन हेर्न गाउँलेहरुको एक ठूलो भीड लागेको थियो। गाउँका सबै मानिसहरू ठूलो उत्साहका साथ यस घटनाको हिस्सा बनेका थिए। दुर्गा माताको मन्दिरमा भएको उक्त मुण्डन समारोहमा किसानले कपाल समेत काट्न लगाएका थिए।

यस अनौठो घटना, भारतको यूपीमा स्थित फतेहपुर जिल्लाको खागा तहसीलको सरौली गाउँमा भएको हो। यस गाउँमा बस्ने किसान, जयचन्द्र सिंहले आयोजना गरेका थिए। किसान जयचन्द्रले भनेका अनुसार, उनको भैँसीले पहिला जति चोटी पाँडो वा पाँडीलाई जन्म दिए पनि कहिल्यै बाँचेको भने थिएन। जयचन्द्रले यस पटक खुसीका कारण पाँडोको मुण्डनको आयोजन गरेका हुन्।

जयचन्द्रका अनुसार, ‘पाँडोको ज्यान गएको कारण घाटा त हुन्थ्यो नै, साथै भैँसीले पनि दूध दिन बन्द गर्थ्यो’। यसबाट दिक्क भएर जयचन्द्रले भैँसीले बच्चा जन्मायो भने दुर्गा माताको मन्दिरमा मुण्डन समारोह गर्ने भाकल राखेका थिए।

जब जयचन्द्रको इच्छा पूरा भयो तब उनले बाजा गाजाको साथ मुण्डन समारोहको आयोजना गरेका हुन्।  टाढा-टाढा गाउँका मानिसहरू पनि यस अनौंठो मुण्डन समारोह हेर्नका लागि त्यहाँ उपस्थित भएका थिए।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१५:२२

शुरु भैसक्यो मलमास, यी कार्य गर्न अशुभ !