कोरोना भाइरसबाट बच्न गुगलले सिकायो यी पाँच उपाय !

अहिलेको समयमा सबैजना कोरोनाको आतंकबाट ग्रसित छन्। यस भाइरसबाट बच्न, जताततै सुरक्षा सल्लाहहरू जारी भइरहेका छन्। सामजिक संजालमा कोरोना भाइरससँग सम्बन्धित कैयौँ हल्लाहरु पनि फैलिरहेको छ । हल्लाकै भरमा, मानिसहरु यस भाइरसबाट बच्नका लागि कैयौँ तरिकाहरू अपनाइरहेका छन्।

यस भाइरसको कारण अनावश्यक रूपमा मानिसहरु नडराउँन् भनेर डरब्ल्यूएचओ सहित कैयौं स्वास्थ्य संगठनहरूले विभिन्न प्रकारका स्वास्थ्य सल्लाहहरू जारी गरिरहेका छन्। इन्टरनेटमा कोरोना भाइरससँग सम्बन्धित धेरै हल्लाहरू भाइरल हुनथालेपछि, गुगलले हालसालै होमपेजमा कोरोना भाइरससम्बन्धी सुरक्षा सल्लाहहरू अपडेट गरेका छन्।

गुगलमा राखिएको सूचना, ‘यी पाँच चीजहरू गरेर, कोरोना भाइरस रोक्न मद्दत गर्नुहोस्’ लेखिएको थियो।  यो सचेतनात्मक सूचना खोज बारको तल ‘आइ एम फिलिङ लक्‍की’ ट्याबको तल देखिएको थियो।

यस सतर्कतामा क्लिक गर्दा, डब्‍लूएचओद्वारा जारी गरिएको एक सूचना देखिएको थियो। जसमा, कसरी यस विश्वव्यापी महामारी कोरोना भाइरसको प्रकोपबाट जोगिन सकिन्छ भन्ने बारे लेखिएको थियो।

यस्ता छन् कोरोनाबाट बच्ने सल्लाहहरू

१. समय समयमा हात धुनुहोस्

२. खोकी लागेको बेला कुहिनोको प्रयोग गर्नुहोस्

३. आफ्नो अनुहार बारम्बार नछुनुहोस्।

४. मानिसहरुबाट ३ फिटको दूरी राख्नुहोस्।

५. बिरामी पर्दा घरमै बस्नुहोस्।

यस बाहेक, अधिक व्यक्तिहरुलाई सचेत गराउने उद्देश्यको साथ, गुगलले यो पोष्ट ट्विटरमा पनि सेयर गरेका छन्। संसारभरबाट १ लाख ६९ हजार ६ सय ५२ कोरोना भाइरसका मामलाहरू रिपोर्ट गरिएको छ। जसबाट, ६ हजार ५ सय १८ जनाले आफ्नो ज्यान गुमाई सकेका छन्।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१५:१९

मुंगको दालका अनेक फाईदा, वजन कम गर्नेदेखि ‘ब्लड प्रेशर’ नियन्त्रण सम्म !