२०७६कै अन्तिम महिना कुन-कुन राशिका लागि शुभ रहला ? हेर्नुहोस् चैत्रको मासिक राशिफल !

मेष राशि: चु, चे, चो, ला, लि, लु, ले, लो, अ – ARIES

यो महिना, मेष राशिहरुका लागि निकै खर्चिलो हुने देखिन्छ। समयलाई निकै ध्यान दिनुहोला। यस महिनामा गरेको सानो कामले पनि भविष्यमा ठुलो फल दिने देखिन्छ। शत्रुहरुले कमजोरीको फाइदा उठाउनेछ, ध्यान दिनुहोला। ऋण थप्पिने पनि योग रहेको हुदा, लगानी गर्दा भने निकै ध्यान पुर्याउनुहोला। स्थानान्तरणको पनि पूर्ण सम्भावना रहेको देखिन्छ। आफन्तसंग मतभेद हुनसक्ला।

बृष राशि: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – TAURUS

वृष राशिका व्यक्तिहरुका लागि यो महिना निकै संघर्षमय रहने देखिन्छ। विगतका समस्याहरुले पिरोल्नुका साथै नयाँ काममा पनि बाधा देखा पर्नेछ। स्वास्थ्यमा पनि केहि समस्याहरु देखा पर्ने योग रहेको हुदा, ध्यान दिनुहोला। मतभेद भएका साथिहरुसंग पुनः मिलाप हुने देखिन्छ।अधुरा कामहरु सम्पन्न हुनेछ। महिनाको मध्य पछि नयाँ अवसर प्राप्त हुनेछ। पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना देखिन्छ।

मिथुन राशि: का, कि, कु, घ, ङ, छ, के, को, ह – GEMINI

यो महिना, मिथुन राशिका व्यक्तिहरुका लागि उत्साहवर्धक रहनेछ। विभिन्न नयाँ अवसरहरु प्राप्त हुनेछ। गरेको कामको सबैले प्रशंसा गर्नेछन्। व्यापार–व्यवसायका लागि पनि राम्रो योग रहेको हुदा, व्यापार बढाउने सोचमा हुनुहुन्छ भने समय निकै अनुकूल देखिन्छ। यात्राको पनि योग देखिन्छ। प्रेममा भने केहि खटपट देखा पर्ला। पदोन्नतिको तिब्र सम्भावना रहेको देखिन्छ। वादविवादबाट टाढै रहनुहोला।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो – CANCER

यो महिना कर्कट राशिका व्यक्तिहरुले केही संघर्ष गर्नुपरेता पनि लगनशीलताले उचाइमा पुग्ने देखिन्छ। व्यापार तथा व्यवसायबाट निकै लाभ हुनेछ। स्वास्थ्यमा केहि समस्या देखापर्ने हुँदा, खानपिनमा भने निकै ध्यान दिनुहोला। नसोचेको ठाउँबाट धन प्राप्त हुदा, उत्साहित महसुस हुनेछ। नयाँ क्षेत्रमा लगानी गर्ने कैयौँ मौका प्राप्त होला। यात्राका लागि पनि राम्रो अवसर प्राप्त हुने देखिन्छ।

सिंह राशि: मा, मि, मु, मे, मो, टा, टि, टु, टे – LEO

यस राशिका व्यक्तिहरुकालागि यो महिना केही संघर्षमय रहने देखिन्छ। पारिवारिक चुनौतीहरुको सामना गर्नुपर्ला। अधिक परिश्रमका कारण आफुलाई कमजोर महसुस गर्नुहुनेछ। तर, प्रयत्न गर्दा रोकिएको काम थालनी हुनेछ। अध्ययन अध्यापनमा पनि प्रगति हुने देखिन्छ। साथीभाई तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ। चोटपटकको योग रहेका हुदा सवारीसाधनको प्रयोग गर्दा निकै सावधानी अपनाउनुहोला।

कन्या राशी: टो, प, पि, पु, ष, ण, ठ, पे, पो – VIRGO

कन्या राशिका व्यक्तिहरुका लागि यो निकै खर्चिलो महिना साबित हुनेछ। अवसरहरु प्राप्त हुनुका साथै चुनौतीहरुको पनि बराबर सामना गर्नुपर्नेछ। सोचेको काम गर्न नसकिएला। विभिन्न अवसरहरु प्राप्त गर्दा, परिवारका अनुभवी सदस्यसंग सल्लाह लिनुहोला। पारिवारिक सहयोगले नसोचेको काम बन्ने योग रहेको छ। नयाँ क्षेत्रमा लगानी गर्ने अवसर पनि प्राप्त हुनेदेखिन्छ। मौसमी रोगहरुबाट सावधान रहनुहोला।

तुला राशि: र, रि, रु, रे, रो, ता, ति, तु, ते – LIBRA

काममा प्रतिस्पर्धाको सामना गर्नु परे पनि मिहिनेत गरे सफलता प्राप्त हुने देखिन्छ। यो महिना तुला राशिका व्यक्तिहरुले विभिन्न अवसर प्राप्त गर्नेछन्। धैर्यका साथ काम गर्दा मनग्य फाइदा हुने देखिन्छ। रोकिएका काम बन्नुका साथै नयाँ कामको पनि थालनी हुने योग रहेको छ। यो महिना शत्रुहरुबाट छुटकारा पाइने देखिन्छ। असमझदारीका कारण परिवारमा केहि खटपट हुनसक्ला। आर्थिक पक्ष बलियो रहने देखिन्छ।

बृश्चिक राशि: तो, ना, नि, नु, ने, नो, या, यि, यु – SCORPIO

यो महिना व्यवसाय गर्ने व्यक्तिहरुका लागि निकै फलदायक साबित हुनेछ। स्वास्थ्यमा भने केहि समस्याहरु देखा पर्ला। सन्तानबाट पनि लाभ हुने योग रहेको छ। आफन्तसँगको सम्बन्ध अझ बलियो हुनेछ। बौद्धिक क्षमतामा वृद्धि हुनुका साथै अध्ययनमा राम्रो नतिजा प्राप्त हुनेछ। सानो प्रयत्नले पनि आर्थिक अवस्था बलियो हुने देखिन्छ। अड्किएका काम पुनः प्रारम्भ हुनेछ। यात्राका लागि पनि समय निकै अनुकुल देखिन्छ।

धनु राशि: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – SAGITTARIUS

धनु राशिका लागि यो महिना निकै चुनौतीपूर्ण रहनेछ। स्थायी सम्पत्तिका कारण आफन्तसंगको सम्बन्धमा केहि खटपट हुने देखिन्छ। स्वास्थ्यमा पनि केहि समस्याहरु देखा पर्ने योग रहेको हुदा, आफ्नो खानपिनमा निकै ध्यान दिनुहोला। कृषि तथा व्यवसायमा भने केहि लाभ हुने देखिन्छ। यो महिना बलको भन्दा बुद्धिको उपयोग गर्दा, विशेष फाइदा हुने देखिन्छ।

मकर राशि: भो, ज, जि, खि, खु, खे, खो, गा, गि – CAPRICORN

मकर राशि भएका व्यक्तिहरुले यस महिनाको प्रारम्भमा सावधानीपूर्वक काम र व्यवहार गर्नुपर्नेछ। आकस्मिक समस्याका कारण खर्चमा वृद्धि होला। धनमालको सुरक्षामा पनि विशेष ध्यान दिनुहोला। नयाँ नोकरी प्राप्त गर्नुका साथै, पदोन्नति वा अनुकूल स्थानान्तरणको पनि योग रहेको देखिन्छ। प्रतिस्पर्धीहरुले हार मान्ने छन्। नयाँ जिम्मेवारी प्राप्तिको पनि पूर्ण योग रहेको देखिन्छ।

कुम्भ राशि: गु, गे, गो, सा, सि, सु, से, सो, द – AQUARIUS

यो महिना, कुम्भ राशिका व्यक्तिहरुले खर्चमा निकै ध्यान दिनुपर्नेछ। महिनाको प्रारम्भमा प्रशस्त आम्दानी हुनुका साथै नसोचेको रकम पनि प्राप्त हुने देखिन्छ। शक्तिको प्रयोगका लागि धन खर्च होला। स्वास्थ्यमा पनि केहि समस्याहरु देखा पर्न सक्छ, ध्यान दिनुहोला। वादविवादबाट टाढै रहनुहोला। यो महिना अरूको विचारको पनि आदर गर्नुहोला।

मीन राशि: दि, दु, थ, झ, ञ, दे, दो, च, चि – PISCES

मीन राशिलाई यो महिना आन्तरिक समस्याहरुले सताउने छ। धन लाभका लागि नयाँ स्रोत फेला पर्ने देखिन्छ। आत्मविश्वासका साथ काम गरे सफलता प्राप्त हुनुका साथै कामको सबैले प्रशंसा पनि गर्नेछन्। आम्दानीमा पनि वृद्धि हुने देखिन्छ। विदेश यात्राको सोचमा हुनुहुन्छ भने यो महिना निकै शुभ साबित हुनेछ। समाजका हितका लागि काम गर्ने अवसर प्राप्त हुने देखिन्छ।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१५:०९

नुनको प्रभावकारी प्रयोग गरी पाउनुहोस् दुर्भाग्यबाट छुट्कारा !