नुनको प्रभावकारी प्रयोग गरी पाउनुहोस् दुर्भाग्यबाट छुट्कारा !

आजको दिनमा चीनमा मात्रै नभई नेपालमा पनि मानिसहरु फेंगशुई विधिहरू अपनाई रहेका छन्। फेंगशुई सम्बन्धित धेरैजसो सामानहरु बजारमा सजिलै पाइन्छ। वास्तवमा, फेंगशुई चीनको वास्तुशास्त्र हो।

‘फेंग’को अर्थ वायु अर्थात हावा हो र ‘शुई’ को अर्थ हो जल अर्थात् पानी। यसको मतलब, फेंगशुई शास्त्र पानी र हावामा आधारित छ। यसको लोकप्रियता चीनमा मात्र नभएर अन्य देशहरूमा पनि बढिरहेको छ। तपाई आफ्नो घरको सुख, समृद्धि र खराब प्रभावहरू हटाउनका लागि फेंगशुईको सुझावहरू अपनाउन सक्नुहुन्छ।

नुनले हटाउनुहोस् घरको नकरात्मकता

घरमा नकारात्मकताको वास हुनाले मन विचलित हुने गर्छ। तर, घरबाट नकरात्मकता हटाउन तपाई नुनको सहायता लिन सक्नुहुन्छ। यसका लागि, तपाईको घरको पूर्व दिशामा माटोको सानो भाँडोमा नुन राख्नुहोस्। अनि हरेक २४ घण्टा पछी त्यस माटोको भाँडोको नुन फेर्नुहोस।

घरको ढोकामा सिक्का झुण्ड्याउनुहोस्

फेंगशुईका अनुसार, घरको ढोकाको ह्यान्डलमा सिक्का झुण्ड्याउँदा सम्पत्ती र सौभाग्यको आगमन हुने गर्दछ। यसका लागि तपाईलाई तीन पुरानो चिनियाँ सिक्काको आवश्यकता पर्दछ। यी सिक्कालाई रातो धागो अथवा रिबनले बाधेर घरको ढोकाको ह्याण्डलमा झुण्ड्याउनुहोस्। यस उपाएको लाभ घरका सबै सदस्यहरुलाई मिल्नेछ। याद राख्नुहोस्, यी सिक्का घरको भित्रि ह्याण्डलमा रहनुपर्छ, बाहिर होइन।

पवन झंकारले (विन्ड चाइम्स) सकारात्मक ऊर्जा आकर्षित गर्दछ

बजारमा पाइने पवन झंकारले (विन्ड चाइम्स) घरको सुन्दरतालाई बढाउँनुका साथै तपाईको भाग्य पनि परिवर्तन गर्दछ। हावा चलेको बेला पवन झंकारले निकै सुरिलो र मीठो आवाज उत्पन्न गर्दछ। साथै, यसले घरमा सकारात्मक उर्जा पनि भित्राउदछ।

घरमा राख्नुहोस् ड्रागन

फेंगशुईमा ड्रागनलाई निकै महत्वपूर्ण मानिन्छ। फेंगशुईका अनुसार, ड्रागनले तपाईको घरको रक्षा गर्दछ। त्यसैले, तपाई आफ्नो घरमा ड्रागनको मूर्ति अथवा यसको फोटो राख्न सक्नुहुनेछ।

बाँसका बोट राख्नुहोस्

फेंगशुईमा बाँसका बोटलाई  खुशी र समृद्धिको प्रतीक मानिन्छन्। तपाई आफ्नो घरको प्रायः परिवारका सबै सदस्यहरू बस्ने कोठामा बाँसको बोट लगाउनुहोस्। यस बोटलाई कोठाको पूर्व दिशामा राख्नुपर्दछ। यसो गर्नाले, परिवारका सबै सदस्यको आयु बढ्नुका साथै स्वास्थ्य पनि राम्रो हुने विश्वास गरिन्छ।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१५:१६

ब्याण्ड बाजा सहित गराइयो ‘पाडो’को मुण्डन ! कारण यस्तो…