बरामद भएका ११ लाख भन्दा बढी मास्क बिक्रि गरिँदै !

काठमाडौँ – काठमाडौँको संतुङगलबाट नियन्त्रणमा लिइएको मास्क साझा स्वास्थ्य सेवाबाट बिक्री गरिने भएको छ। संतुङगलमा लुकाएर राखिएको अवस्थामा फेला परेको ८ लाख भन्दा बढी मास्क साझा स्वास्थ्य सेवाबाट बिक्री गरिने भएको हो।

प्रहरीले चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदाममा छापामार्दा ८ लाख थान भन्दा बढी मास्क फेला परेको थियो। चन्द्रागिरी नगरपालिका-१० विष्णुदेवीस्थित रोहित श्रेष्ठको घरमा रहेको गोदाममा फेला मास्क प्रहरीले नियन्त्रणमा लिएसँगै बिक्री गर्ने तयारी गरिएको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को दफा २७ अनुसार बरामद भएको मास्क साझा स्वास्थ संस्था र त्यही प्रकृतिको अन्य सार्वजनिक संस्थाबाट बिक्री गर्न महान्यायाधीवक्ताको कार्यालयले अनुमति समेत दिसकेको छ। महान्यायाधीवक्ताको कार्यालयबाट अनुमति पाएसँगै प्रहरीले सोहि अनुरुपको तयारी गरिएको बताइएको छ।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै नेपालमा मास्कको माग उच्च छ। यहि मौकामा व्यापारीहरुले मास्क लुकाएर बजारमा अभाव शिर्जना गरी महँगोमा बेच्दै आएका छन्।

कालोबजारी गर्ने गिरोह सकिय भएसँगै सरकारले अनुगमन तिब्र पारेको छ। यसअघि पनि प्रहरीले काठमाडौंका विभिन्‍न स्थानबाट एक लाख ७८ हजार मास्क बरामद गरेको थियो।

हाल सम्म बरामद भएका सम्पूर्ण मास्कलाई प्रचलित बजार भाउमा बेच्ने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१२:२६

कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा !