कोरोना भाइसविरुद्धको पहिलो खोप अमेरिकी महिलामा परीक्षण गरियो, परीक्षण सफल हुने विश्वास !

एजेन्सी – विश्वभर वितन्डा मच्चाइरहेको कोरोना भाइरस संक्रमण विरुद्ध तयार पारिएको पहिलो खोपको मानवमा परीक्षण गरिएको छ। कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोपको पहिलो पटक मानव परीक्षण एक महिलामा गरिएको हो।

अमेरिकाको सियाटल निवासी जेनिफर हलरमा कोरोनाविरुद्धको खोप परीक्षण गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उनको शरीरमा पठाएर खोप परीक्षण गरिएको बताइएको छ। बताइएअनुसार, उनको शरीरमा पठाइएको कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोडले खासै असर गर्ने छैन।

अमेरिकी सरकारी अधिकारीलाई उदृत गर्दा अन्तराष्ट्रिय संचार माध्यमहरुले सम्प्रेषण गरेको समाचार अनुसार खोपको पहिलो परीक्षण सीयाटल स्थित कैसर पर्मानेन्टे वाशिंगटन स्वास्थ्य अनुसन्धान संस्थानमा गरिएको हो।

खोप अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानको आर्थिक सहयोगमा तयार पारिएको बताइएको छ। उक्त खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने खोप विकासकर्ताहरुले विश्वास लिएका छन्।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ। एमआरएनए १२७३ नामकरण गरिएको यस खोपको परीक्षणको नतिजा हेरेर अन्य कदम चालिनेछ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०३:२२

साझा बसले स्यानिटाइजर छर्केर मात्र सेवा दिन थाल्यो, खचाखच यात्रु पनि बोक्न छाडियो !