काठमाडौँ – विश्वकै चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’मा छानिने पहिलो नेपालीको रुपमा रहेका दिवेश पोखरेलले एकपटक पुनः तहल्का मच्चाएका छन्।
नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा उत्कृष्ट प्रस्तुती दिँदै तहल्का मच्चाएका हुन्। अडिसनमा जस्तै हलिउडमा समेत उत्कृष्ट प्रस्तुति दिँदा तीनैजना जज उत्साहित भए।
हलिउडमा उनले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ गाएका गाउँदा तीनैजना जजलाई उत्साहित बनायो। ‘हार्ड टु ह्यान्डल’को दुई हरफ मात्र गाउँदा चित्त नभुझेपछि उनलाई थप गाउन लगाइयो।
जसक्रममा तीनै जजले थप गाउन माग गरे। सबै भन्दा पहिला केटी पेरीले उठेर ‘मोर…’ भन्दै थप गाउन आग्रह गरेकी थिइन्। जसलगतै अन्य जजहरुले पनि ‘मोर-मोर’ भन्दा थप गाउन आग्रह गरे। माग अनुसार दिवेश पोखरेलले गाउँदा जजहरु धेरै रमाइरहेको देखिए।
अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो शृंखलाबाट छानिएका दिवेशको स्टेज नेम आर्थर गन हो । दिवेशले आर्थर गनको उपनामबाट स्टेजमा गाउँदै आएका छन् ।
अडिसनकै क्रममा उत्कृष्ट प्रस्तुति दिएर उनले जजहरुलाई चकित बनाएका थिए। जसक्रममा केटी पेरीले उत्कृष्ट भन्दै दिवेशको चर्चा गरेकी थिइन्।