शुरु भैसक्यो मलमास, यी कार्य गर्न अशुभ !

मलमास,शूर्य भगवान मीन राशिमा प्रवेश गरेपछि सुरु हुन्छ, जुन एक महिनाको अवधिसम्म रहन्छ। मलमासको कारण सबै शुभ कार्यहरू जस्तै गृहप्रवेश, व्रतवन्ध, यज्ञोपवीत, विवाह समारोह इत्यादि १४ मार्च २०२० देखि एक महिनाको अवधिमा निषेध गरिएको छ। तर, किन हो त मलमासमा कुनै पनि प्रकारको शुभ कार्य गर्न नहुने ? जन्नुहोस्…..

कारण

ज्योतिष शास्त्रका अनुसार जब भगवान सूर्य बृहस्पतिको चिन्ह,धनु र मीन राशिमा स्थानान्तरण गर्नुहुन्छ, यस अवधिलाई बृहस्पति निस्तेजनको अवधि मानिन्छ। किनभने सूर्य उज्ज्वल ग्रह हो, जब शूर्य बृहस्पतिको राशिमा प्रवेश गर्छन् , सूर्यको शक्ति र प्रभावले बृहस्पतिलाई असर गर्छ, साथै सूर्यको शक्ति पनि बृहस्पतिको निलम्बनबाट प्रभावित हुन्छ। यस्तोमा दुबैको शक्ति र प्रभावमा असर पर्छ । यो अवधि मालिन दशा अन्तर्गत पर्दछ , त्यसैले यसलाई मालिन वा मलमास भनिन्छ।

यस्तै, मलमासलाई आत्म-शुद्धिकरणको अवधि पनि मानिएको छ जसमा मानिसले सांसारिक कामबाट अलग रहेर आफ्नो आत्मालाई शुद्ध पार्नु पर्छ किनकि ज्योतिषमा सूर्यलाई आत्माको कारक मानिन्छ भने बृहस्पतिलाई मुक्तिको स्रोत । यस अवस्थामा, मानिस आफ्नै मुक्तिको लागि मार्ग प्रशस्त गर्न सक्छ। त्यसकारण, मलमासको समयमा मानिसले आफ्ना सबै भ्रष्ट कर्म, अहंकार, कुकर्म, वासना त्यागेर भागवतको पूजा गरी आफ्नो उद्धार खोज्नु पर्छ।

मलमासको अवधिमा निरन्तर आफ्नो इस्ट देवता को जप, तप, स्वाध्याय, दान, हवन, गौ सेवा, तीर्थयात्रा, संत दर्शन आदि गर्नु निकै शुभ हुन्छ ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०४:५८

ऋणबाट मुक्ति पाउन लिनुहोस् यी पाँच वृक्षको साहारा !