एजेन्सी – चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वव्यापी रुप लिसकेको छ। ताजा तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण १ सय ५२ भन्दा बढी देशमा पुगिसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो सङ्ख्या अघिल्लो दिनको तुलना १३ हजार ९०३ बढी भएको अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी ज्यान गुमाउनेको सङ्ख्या पनि अघिल्लो दिन भन्दा ८६२ ले बढेको विश्वव्यापी विवरणमा उल्लेख गरिएको छ । योसँगै विश्वभरी कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या छ हजार ६०६ नाघेको छ।
कूल मृ-त्यु भएको र सङ्क्रमितको तथ्याङ्क हेर्दा चीनपछि कोरोनाको केन्द्र युरोप क्षेत्र भएको छ । यूरोपेली देशमध्ये सबैभन्दा बढी इटली, स्पेन, फ्रान्स, जर्मनी, स्विजरल्याण्डलगायका देश प्रभावित भएका छन् । कोरोना भाइरसलाई लिएर अनेक तथ्यांक तथा विश्लेषण सार्वजनिक हुने क्रम पनि जारी छ। हालसालै केहि ज्योतिषीहरुले कोरोना भाइरसलाई लिएर केहि भविष्यवाणी गरेका छन्।
ज्योतिषीय गणना तथा ग्रह-गोचर अनुसार कोरोना भाइरसको संक्रमणको प्रकोप कहिले सम्म रहन्छ भन्ने बारे अध्ययन गरेर सार्वजनिक गरिएको भविष्यवाणी निम्न छ।
यस महामारीसँग कुन-कुन ग्रहको सम्बन्ध छ ?
ज्योतिषीय गणना अनुसार, यी तीन ग्रहहरू शनि, राहु र केतु तीन ग्रहहरु अप्रत्याशित परिणामका कारक हुन्। शनि आफ्नो स्वराशिमा आएको खण्डमा अप्रत्याशित घटनाहरु घटित हुन सक्छन्। वर्तमान अवस्थामा शनि आफ्नो स्वराशि मकर छ। सन् २०२० जनवरी २४ अर्थात माघ १० गतेका दिन शनिले मकर राशिमा प्रवेश गरेको थियो।
कोरोना भाइरस महामारीको कारक ग्रह शनि ग्रहलाई मान्न सकिन्छ। यसको अलावा यस महामारीका पछाडी चन्द्र ग्रहको पनि भूमिका छ। मंगल ग्रह र केतु ग्रह वृहस्पतिको साथमा धनु राशिमा रहनाले पनि अवस्थालाई झनै गम्भीर बनाएको छ। मंगलले शनि रहेको मकर राशिमा मार्च २२(चैत्र ९)मा प्रवेश गर्दा अवस्था झनै गम्भीर हुन सक्छ।
इतिहासले के भन्छ ?
शनि आफ्नो स्वराशि मकर राशिमा हुँदा विश्वले विभिन्न कठिन परिस्थितिको सामना गरेको उदाहरणहरु छन्। सन् १३१२ मा शनि मकर राशिमा अवस्थित रहँदा यूरोप प्लेग जस्तो महामारीबाट ग्रसित थियो। यस्तै सन् १६६६मा पनि शनि मकर राशिमा हुँदा प्लेगकै कारण लण्डनमा लाखौंको ज्यान गएको थियो।
वृहस्पतिको राशि परिवर्तनले दिलाउनेछ छुट्कारा
मार्च ३० अथवा चैत्र २७ गते वृहस्पतिले राशि परिवर्तन गरेर मकर राशिमा प्रवेश गरेपछि कोरोना भाइरस संक्रमणको प्रभावमा केहि कम हुन सक्छ। ज्योतिष गणनाका अनुसार वृहस्पतिको मकर राशिमा प्रवेशले कोरोना भाइरस संक्रमणको बढ्दो प्रकोपलाई कम गराउन सक्छ। शनि-मंगलका कारण बढेको यस प्रकोप शनि-बृहस्पतिको युतिले कम्जोर गराउनेछ। यस्तै मे ४ अथवा वैशाख २२ गते मंगल मकरबाट कुम्भ राशिमा प्रवेश गर्दा कोरोना भाइरसको प्रभाव थप कम्जोर भएर जानेछ।
वैशाख अन्तिम अथवा मे महिनाबाट कोरोना भाइरस संक्रमणको प्रभाव कम हुने ज्योतिषीय गणना देखिएता पनि सुरक्षा र सावधानी अपनाउनु उचित हुन्छ।
(ज्योतिषीय गणनामा आधारित)