दिनप्रतिदिन बढ्दै कोरोना सङ्क्रमितको सङ्ख्या, इटालीको अवस्था झनै नाजुक !

सांकेतिक तस्विर

एजेन्सी – कोरोना भइरसबाट सङ्क्रमित र मृ-त्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

सबैभन्दा धेरै मृ-त्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७ हजार ९८० बिरामी भएकोमा दुई हजार १५८ जनाको मृ-त्यु भएको छ ।

बिरामीमध्ये दुई हजार ७४९ जनालाई निको भएको छ भने २३ हजार ६३ जना बिरामी अवस्थामै रहेका छन् । बिरामीमध्ये एक हजार ८५१ जना गम्भीर अवस्थामा रहेका छन् ।

अमेरिकामा सोमबार रातिसम्म बिरामीको सङ्ख्या चार ८०० सय पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार बिरामी थपिएका छन् । मृ-त्यु हुनेको सङ्ख्या भने ८५ रहेको छ । तीमध्ये आधाभन्दा बढी वासिङ्टनका रहेको छन् भने न्यूयोर्कमा १० क्यालीफोर्नियामा सात जनाको मृ-त्यु भएको छ ।

भारतमा मङ्गलबारसम्म १२५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १०३ जना भारतीय नागरिक नै छन् भने २२ जना विदेशी रहेका छन् । भारतमा कोरानाका कारण अहिलेसम्म तीन जनाको मृ-त्युभएको छ भने १३ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण कोरिायमा पछिल्लो २४ घण्टामा ८४ जना बिरामी थपिएका छन् । योसँगै कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० पुगेको छ ।

त्यसैगरी थप छ जनाको मृ-त्यु भएसँगै कोरियामा कूल मृ-त्यु हुनेको सङ्ख्या ८२ पुगेको अधिकारीले जनाएकाछन् । बिरामी र सङ्क्रमित भएकामध्ये २६४ जना सन्चो भएर घर फर्किएका छन् ।

फ्रान्समा छ हजार ६३३ जना सङ्क्रमित भएका छन् भने कूल १४८ जनाको मृ-त्युभएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १२ जनालाई निको भइसकेको छ । बिरामी नै अवस्थामा रहेका छ हजार ४७३ जनामध्ये ४०० जना गम्भीर अवस्थामा रहेका छन् ।

अष्ट्रेलियामा कूल बिरामीको सङ्ख्या ४४० पुगेको छ । तीमध्ये ३९ जना पछिल्लो २४ घण्टामा थपिएका छन् भने अहिलेसम्म कूल पाँच जनाको मृ-त्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । अष्ट्रेलियाबाट उडान हुने अन्तरराष्ट्रिय हवाई सेवामध्ये ९० प्रतिशत उडान स्थागित भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रिमत सङ्ख्या २३४ पुगेको छ । तीमध्ये ३४ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

इजिप्टमा भने पछिल्लो २४ घण्टामा दुईजनाको मृ-त्यु भएको थप ४० जना गरी कूल सङ्क्रमितको सङ्ख्या १६६ पुगेको छ । मृ-त्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

इजरायलमा स्वास्थ्य परीक्षण गरिएका मध्ये पछिल्लो समयमा थप ८५ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ, योसँगै कूल सङ्क्रिमतको सङ्ख्या २९८ पुगेको छ ।

इराकमा थप एक जनाको मृ-त्यु भएको छ भने छ जना थप सङ्क्रमित भेटिएका छन् । योसँगै कूल मृ-त्यु हुनेको सङ्ख्या १० र सङ्क्रमित हुनेको सङ्ख्या १३३ पुगेको छ ।

त्यसैगरी इरानमा १४ हजार ९९१, स्पेनमा नौ हजार ९४२, जर्मिनीमा सात हजार २६२, नेदरल्याण्डमा एक हजार ४१३ जना सङ्क्रमित भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको जनाइको छ ।

जापानमा कोभिड –१९ बाट ८२१ सङ्क्रमण भएको मङ्गबार जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले मङ्गलबार जानकारी दिएको छ ।

स्थानीय समयानुसार मङ्गलबार बिहान १०ः३० सम्म ८२१ जनामा सङ्क्रमण देखिएका छ । जापानमा कोरोना भाइरसको सङ्क्रमणको कारण हाल सम्म ३५ व्यक्तिको मृ-त्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुमा टोकियोनजिकको योकोहामामा भाइरसबाट प्रभावित डायमण्ड प्रिन्सेस् क्रूज जहाजमा रहेका व्यक्तिहरुमा पनि समावेश छन् ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०८:४४

बहत्तर घण्टाभित्र कोरोना उपचार विशेष अस्पताल सञ्चालनमा ल्याइने !