काठमाडौँका यी स्थानमा लगातार ४ दिन विजुली ‘सट डाउन’ ! कहाँ-कहाँ ?[सूचना सहित]

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानहरुमा मंगलबार सहित ४ दिन विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न स्थानहरुमा मंगलबार सहित ४ दिन विद्युत अवरूद्ध गर्ने भएको हो।

जाेरपाटी वितरण केन्द्र गाेठाटार फिडरकाे कन्डक्टर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले विद्युत ‘सट डाउन’ गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

अपग्रेडिङ कार्य मंगलबार, बुधबार, बिहिबार र शुक्रबार गरी चार दिन चल्ने हुँदा सोहि अनुरुप बिहान १० बजेबाट साँझ ६ बजेसम्म बिजुली ‘सट डाउन’ हुने बताइएको छ।

बिजुली ‘सट डाउन’ बारे प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी गराएको छ। जारी सूचनामा उक्त फिडर अन्तर्गत फाेर्सपार्क, विरेन्द्रचाेक, गान्धीमाेड, हात्तिडाडा र एयरपाेर्ट पछाडीकाे एरिया लगायत उक्त फिडरबाट विद्युत वितरण हुने क्षेत्रमा बिजुली ‘सट डाउन’ हुने उल्लेख गरिएको छ।

“जाेरपाटी वितरण केन्द्रकाे गाेठाटार फिडरकाे कन्डक्टर अपग्रेडी‌‍गं कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।१२।०४ , ०५ ,०६ र ०७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत फाेर्सपार्क, विरेन्द्रचाेक, गान्धीमाेड, हात्तिडाडा र एयरपाेर्ट पछाडीकाे एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै‌ं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।”,सूचना जारी गर्दै प्राधिकरणले भनेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०९:१०

वृद्ध दम्पती माथि बज्रपात: छोरी पूर्णरूपमा अशक्त, छोराको पनि गुम्यो मानसिक सन्तुलन !